३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

मुलुकको आर्थिक संकटप्रति पूर्व अर्थमन्त्री पौडेलको चिन्ता : ‘मन बुझाउने कुनै ठाउँ रहेन’



बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । मुकुका सबै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उनले महङ्गी, बेरोजगार र तिब्र आर्थिक संकटले कतैपनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरु नरात्मक देखिएबो बताउँदै उनले मुलुक निराशाजनक स्थितीमा पुगेको टिप्पणी गरे । पछिल्लो तथ्याङ्क अनुसार मुलुकको मुद्रास्फिीति ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो । चरम मुल्यवृद्धि बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने दर अस्वभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्विकृती लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए ।

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिडाउन नसक्दा अकल्पनीय ढँगले मुलुकको स्थितीले बाटो बिराएको उनले उनले टिप्पणी गरे । वर्तमान सरकारले मुलुकलाई सही बाटोमा हिडाउन नसकेको टिप्पणी गर्दै उनले मुलुकलाई सही बाटोमा ल्याउनका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैना नगरपालिकामा घरदैलो तथा जनतासँग भेटघाटका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताएका हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : ३८ बजे

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका