३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

क्रिकेटर शक्ति गौचन जुनियर क्रिकेट लिग खेलाउँदै



बुटवल । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बुधबारदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ गर्ने भएका छन । गौचनले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको बताए ।

देवदहस्थित क्रिकेट मैदानमा हुने कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा ६ टिमले प्रतिस्प्रर्धा गर्ने उनले बताए । रुपन्देही क्रिकेट खेलको उवर्भरभुमी भएको दाबी गर्दै उनले लामोसमयको तयारी गरि खेलाडी छनौट पुरा गरि टिम तयार गरेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको पुरस्कार तथा स्थानिय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको उनले जानकारी दिए । स्थानिय पालिकाहरुबाट प्रत्येक टिमको २० खेलाडीहरु छनौट गरेको उनले बताए ।

४० ओभरको खेलमा खेलाडीहरु आफनो ब्याटिङ र बलिङको प्रर्दशन गर्ने राम्रो अवसर पाउने बताउँदै उनले प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।

यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल हुनेछ । बुधबार उद्घाटन खेलमा देवदह ड्रागन र जिबिआईसिए सैनामैना खेल्ने छन । प्रतियोगिताको अनुमानित खर्च ५ लाख रुपैया रहेको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ०७ बजे

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका