१४ असार २०८३, आइतबार | June 29, 2026

संविधानको रक्षाका लागि गठबन्धन : प्रचण्ड



गोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल प्रचण्डले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् ।

गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको ठूलो बलिदानबाट बनेको संविधान लोकतन्त्रविरोधीबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताए ।

“यो गठबन्धन हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्नुको साटो भत्काउने कोसिस गरेपछि त्यसको रक्षाका लागि बनेको हो”, प्रचण्डले भने, “अझै पनि बेलाबेलामा प्रतिगामी, यथास्थितिवादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेका छन् ।”

प्रचण्डले सबै उत्पीडित आदिवासी जनजातिको पक्षमा लडेर ल्याएको अधिकार कुनै हालतमा गुम्न नदिने बताए । “हामीले लडेर महिला, आदिवासी, जनजाति र पिछडिएका वर्गको अधिकार स्थापित गरेका छौँ, म ती अधिकार खोस्न कुनै हालतमा दिन्न, भोट माग्न मात्र आफू गोरखा आएको नभई विकास गतिलाई तीव्रता दिन पनि आएको हुँ”, उनले भने ।

अध्यक्ष दाहालले उत्पीडितको अधिकारको कुरा गर्दा केही उग्रवादीले जातीय साम्प्रदायिकता फैलाउने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए ।

दुईतिहाइ जोगाउन नसक्नेलाई भोट दिए देश बर्बाद हुन्छ : पाण्डे

सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) का उम्मेदवार सुरेन्द्रराज पाण्डेले एमालेले दुईतिहाइ बहुमत जोगाउन नसक्ने एमालेलाई फेरि भोट दिन नहुने जिकिर गरे । उनले एमालेलाई भोट दिए देश फेरि पाँच वर्ष बर्बाद हुने बताए ।

नेता पाण्डेले वाम–लोकतान्त्रिक गठबन्धनलाई निर्वाचनमा भोट दिएर देशलाई समृद्धिको दिशामा लैजानुपर्ने बताए । उनले समृद्ध राष्ट्र निर्माणका लागि अग्रगामी शक्तिको आवश्यकता रहेको भन्दै अहिले गठबन्धन त्यसै आधारमा बनेको बताए । गोर्खाली जनताले भोलिको प्रधानमन्त्री हुने व्यक्तिलाई अत्याधिक बहुमतले जिताएर पठाउनुपर्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ५ : २० बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा