४ पुस २०८२, शुक्रबार | December 19, 2025

निर्वाचन पर्यवेक्षणको तयारी पूरा : इओसी नेपाल



काठमाडौं । मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले जानकारी दिएको छ ।

इओसी नेपालले आज आयोजितना गरेको कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी कार्यहरूको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको हो ।

लामो समयका लागि ४६ जिल्लामा ४६ पर्यवेक्षक र छोटो समयका लागि ७५ जिल्लाका निर्वाचन क्षेत्रमा इओसी नेपालका पर्यवेक्षकले निर्वाचनको विविध पक्ष तथा आयामको पर्यवेक्षण गर्नेछ ।

इओसी नेपालले पर्यवेक्षक परिचालन गरी आवश्यक दक्षतासम्बन्धी पाँच दिने तालिम पनि सम्पन्न गरेको छ । निर्वाचनमा कुल पाँच सय छ जना पर्यवेक्षक परिचालन हुँदैछन् । निर्वाचन आयोगबाट आवश्यक स्वीकृति लिएर पर्यवेक्षकको परिचयपत्रसमेत प्राप्त गरी सम्बन्धितलाई वितरण कार्य भइरहेको इओसी नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यवेक्षकको सूचीमा आदिवासी, जनजाति, खस(आर्य, थारू, दलित, मधेसी, मुस्लिमलगायतको प्रतिनिधित्व गराइएको छ ।

पर्यवेक्षकहरू परिचालित निर्वाचन केन्द्रमा मतदान अघि नै पुगेर मतगणना सम्पन्न गरी नतिजा प्रकाशन हुँदाको समयसम्म सम्बन्धित स्थानमा खटिने छन् । निर्वाचन आचारसंहिताको अतिरिक्त निर्वाचनको प्रक्रिया तथा विधि र विषयमाथि समेत अध्ययन, अवलोकन गरी प्राप्त सूचनालाई आधारभूतरूपमा ग्रहण गर्दै पर्यवेक्षण गर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

यसपटकको निर्वाचनमा जेलका कैदीबन्दी र वृद्धाआश्रमका वृद्धावृद्धाले पनि पहिलोपटक मतदान गर्न मिल्ने व्यवस्था भएको निर्वाचन पर्यवेक्षक समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले बताए । जेल र वृद्धाश्रममा पनि अहिले मतदान केन्द्र स्थापना भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ०५ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता