२५ भदौ २०८३, बिहिबार | September 10, 2026

निर्वाचन पर्यवेक्षणको तयारी पूरा : इओसी नेपाल



काठमाडौं । मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले जानकारी दिएको छ ।

इओसी नेपालले आज आयोजितना गरेको कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी कार्यहरूको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको हो ।

लामो समयका लागि ४६ जिल्लामा ४६ पर्यवेक्षक र छोटो समयका लागि ७५ जिल्लाका निर्वाचन क्षेत्रमा इओसी नेपालका पर्यवेक्षकले निर्वाचनको विविध पक्ष तथा आयामको पर्यवेक्षण गर्नेछ ।

इओसी नेपालले पर्यवेक्षक परिचालन गरी आवश्यक दक्षतासम्बन्धी पाँच दिने तालिम पनि सम्पन्न गरेको छ । निर्वाचनमा कुल पाँच सय छ जना पर्यवेक्षक परिचालन हुँदैछन् । निर्वाचन आयोगबाट आवश्यक स्वीकृति लिएर पर्यवेक्षकको परिचयपत्रसमेत प्राप्त गरी सम्बन्धितलाई वितरण कार्य भइरहेको इओसी नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यवेक्षकको सूचीमा आदिवासी, जनजाति, खस(आर्य, थारू, दलित, मधेसी, मुस्लिमलगायतको प्रतिनिधित्व गराइएको छ ।

पर्यवेक्षकहरू परिचालित निर्वाचन केन्द्रमा मतदान अघि नै पुगेर मतगणना सम्पन्न गरी नतिजा प्रकाशन हुँदाको समयसम्म सम्बन्धित स्थानमा खटिने छन् । निर्वाचन आचारसंहिताको अतिरिक्त निर्वाचनको प्रक्रिया तथा विधि र विषयमाथि समेत अध्ययन, अवलोकन गरी प्राप्त सूचनालाई आधारभूतरूपमा ग्रहण गर्दै पर्यवेक्षण गर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

यसपटकको निर्वाचनमा जेलका कैदीबन्दी र वृद्धाआश्रमका वृद्धावृद्धाले पनि पहिलोपटक मतदान गर्न मिल्ने व्यवस्था भएको निर्वाचन पर्यवेक्षक समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले बताए । जेल र वृद्धाश्रममा पनि अहिले मतदान केन्द्र स्थापना भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ०५ बजे

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त