१८ माघ २०८२, आइतबार | February 1, 2026

४ वर्षिय बालकमाथि अप्राकृतिक यौनकार्य गर्ने किशोर पक्राउ



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ४ वर्षिय बालकसँग अप्राकृतिक यौनकार्य गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । राप्तीसोनारी वडा नम्बर ५ मा १७ बर्षिय किशोरले ४ बर्षका बालकलाई जबरजस्ति अप्राकृतिक यौनकार्य गरेको आरोपमा किशोर पक्राउ परेका हुन् ।

बुधबार बिहान १० बजेतिर घरमा कोही नभएको अवस्थामा ती बालकलाई जबर्जस्ती अप्राकृतिक यौनकार्य  गरेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार ४ बर्षिय बालकको मलद्धार र मुखमा जवर्जस्ती यौनकार्य गरेको खुल्न आएको छ । १७ बर्षका ती युवकले ४ बर्षीय बालकलाई ललाई फकाई जबर्जस्ती करणी गर्दा बालक बिरामी परेको बताइएको छ । उच्च ज्यरोका कारण बालक उपचाररत रहेको प्रहरीले पुष्टी गरेको छ ।

पीडित बालक र ति युवकको घर संगै जोडिएको छ । घटना लगत्तै ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले उक्त किशोरलाई पक्राउ गरि थप अनुसन्धानको लागी कोहलपुर पठाएको छ ।

पक्राउ परेका किशोरलाई जवर्जस्ती करणी ऐन अन्तरगत कारवाही हुने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले जनाए ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : १५ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक