२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

४ वर्षिय बालकमाथि अप्राकृतिक यौनकार्य गर्ने किशोर पक्राउ



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ४ वर्षिय बालकसँग अप्राकृतिक यौनकार्य गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । राप्तीसोनारी वडा नम्बर ५ मा १७ बर्षिय किशोरले ४ बर्षका बालकलाई जबरजस्ति अप्राकृतिक यौनकार्य गरेको आरोपमा किशोर पक्राउ परेका हुन् ।

बुधबार बिहान १० बजेतिर घरमा कोही नभएको अवस्थामा ती बालकलाई जबर्जस्ती अप्राकृतिक यौनकार्य  गरेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार ४ बर्षिय बालकको मलद्धार र मुखमा जवर्जस्ती यौनकार्य गरेको खुल्न आएको छ । १७ बर्षका ती युवकले ४ बर्षीय बालकलाई ललाई फकाई जबर्जस्ती करणी गर्दा बालक बिरामी परेको बताइएको छ । उच्च ज्यरोका कारण बालक उपचाररत रहेको प्रहरीले पुष्टी गरेको छ ।

पीडित बालक र ति युवकको घर संगै जोडिएको छ । घटना लगत्तै ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले उक्त किशोरलाई पक्राउ गरि थप अनुसन्धानको लागी कोहलपुर पठाएको छ ।

पक्राउ परेका किशोरलाई जवर्जस्ती करणी ऐन अन्तरगत कारवाही हुने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले जनाए ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : १५ बजे

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

काठमाडौं । काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

काठमाडौं । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको