२२ माघ २०८२, बिहिबार | February 5, 2026

एमालेलाई मत दिएर जनताले गल्ती गर्ने छैनन् : किशोरसिंह राठौर



खजुरा । नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले मुलुकको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् ।

बाँके क्षेत्र नम्बर ३ अन्तरगत पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १, ८ लगायत स्थानमा मतदाता भेटघाट तथा घरदैलोका क्रममा उनले समृद्धि र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताएका हुन् । ‘संबिधान बचाउन र यो देशमा विकास तथा समृद्धि ल्याउनका लागि नै पाँच दलबीच गठबन्धन बनेको हो,’ उनले भने ‘संबिधानलाई जोगाउने हो र विकास तथा समृद्धि चाहिने हो भने यही गठबन्धनलाई आउँदो निर्वाचनमा जिताउन जरुरी छ ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गर्दा दुई पटक संसद विघटन गरेको ईतिहास जनतालाई राम्रोसँग थाहा उल्लेख गर्दै उनले एमालेलाई मतदान गरेर जनताले गल्ती नगर्ने विश्वास व्यक्त गरे । बाँकेको क्षेत्र नम्बर ३ को विकास गर्नकै लागि आफु चुनाव लडेको नेता राठौंरले प्रष्ट्याए ।

नेपाली कांग्रेसले नेतृत्व गरेको बैजनाथ गाउँपालिका अध्यक्षको विशेष पहलमा भुमिहिन, सुकुम्बासीका लागि मालपोत कार्यालय बाँकेले आवश्यक प्रक्रिया अगाडी बढाइसकेको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ४८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता