१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

जुनियर स्टार क्रिकेट : आजको खेलमा तिलोत्तमाको विजयी



बुटवल । देवदहमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ अन्तरगत शनिबार भएको खेलमा तिलोत्तमा टाईटन विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा भएको खेलमा तिलोत्तमाले बुटवल युनाईटेडलाई ९५ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले पुरै ओभरमा ९ बिकेटको नोक्सानीमा २ सय १० रनको लक्ष्य खडा गरेको थियो । तिलोत्तमाका लक्ष्मण कुमालले ४१, सन्दिप यादवले ३७ र अंकित बिएमले ३४ रन जोडेका थिए । बुटवलका सचिन अर्यालले ३ तथा हरिकेश मोरियाले १ बिकेट लिएका थिए ।

बिशाल रन पछयाएको बुटवलका ब्याट्सम्यानहरु २६.१ ओभरमा सबै बिकेट गुमाएर १ सय १५ रनमा समेटिए । उसका लागि हरिकेशले ३० तथा सन्दिप ढकालले २६ रनबाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन । बुटवलका बिपर्सन केसीले ५ तथा लक्ष्मण कुमालले २ बिकेट लिए । खेलमा बुटवलका बिपर्सन केसी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार तथा स्थानिय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको स्टार क्रिकेट एकेडेमीका संस्थापक शक्ति गौचनले बताए । स्थानिय पालिकाहरुबाट यु १९ उमेर समुहका प्रत्येक टिमको २० खेलाडीहरु छनौट भएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल भैरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ५९ बजे

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय