१८ माघ २०८२, आइतबार | February 1, 2026

मतदाता प्रभावित पार्ने फरक शैली – चकलेटमा चुनाव चिह्न



रुपन्देही । निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् ।

रुपन्देही ३ मा चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र  लोसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा दलको चुनाव चिह्न छापेर बाँडेका हुन् ।

जसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल र उक्त साइकलमाथि हरियो रंगको स्वस्तिक छापा लगाएको र साइकलमा भोट हालौ साथी लेखिएको छ । त्यस्तै चकलेटमा हरियो रंगको रुख चिन्हमा रातो रंगको स्वस्तिक छाप तथा रातो रंगको अक्षरले चुनाव चिन्ह रुखमा भोट हालौ साथी लेखिएको छ । उक्त चकलेट भैरहवाको एक कम्पनीले उत्पादन गरेको हो ।

भैरहवा क्षेत्रमा देखिएका ती चकलेट कसले बनाएको भन्ने नखुले पनि गठबनधनको प्रचार प्रसारमा त्यो चकलेट प्रयोग भएको छ । कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिले त्यो चकलेट गठबन्धनकै कार्यक्रमको पृष्ठभूमिमा हातमा लिएर सामाजिक संजालमा पोस्ट गरेका छन् । यो क्षेत्रबाट पाँचदलीय गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र प्रदेश सभा सदस्यद्वय लोसपाका सन्तोष पाण्डे र कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् ।

निर्वाचन आचार संहिताविपरीत चुनावको मुखमा गृहमन्त्रीको हस्ताक्षरसहितको अवार्ड बाँडिएको छ । सो अवार्ड प्रशासनले नबाँड्न आग्रह गरेपछि आफ्नो सहोदर भाइ रामकृष्ण खाणको आतिथ्यतामा बाँडिएको थियो । उनी नेपाली कांग्रेस रुपन्देहीको सभापति र तिलोत्तमा नगरको प्रमुखसमेत हुन् ।

निर्वाचन अनुगमन आचार संहिता अनुगमन समिति रुपन्देहीको संयोजक विष्णु ज्ञवालीले मिठाईको खोलमा रुख र साइकल चुनाव चिन्ह राखेर बाँडेको भेट्टाएको बताए । उनले भने, ‘हामीले कारबाहीका लागि आयोगमा लेखी पठाएका छौं, आचारसंहिता उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहि हुन्छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : १३ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा