१५ असार २०८३, सोमबार | June 29, 2026

नेपालगन्जको चुनावी लडाइँ गाई मार्ने, गाई खाने र गाई बचाउने बीचको छ : हिन्दुवादी नेता खनाल



नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ बाट संघीय सांसदका प्रत्यासी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले यस क्षेत्रमा मात्र तिन जनाको लडाई रहेको बताएका छन ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन नजिक्दै गर्दा चुनावी सरगर्मी समेत बढेको छ । यतिबेला पार्टीगत र स्वतन्त्र उम्मेदवार समेत चुनावी अभियानलाई थप चरम बनाउदै जनताको दैलोमा पुगिरहेका छन ।

यसै क्रममा नेता खनालले एक कार्यक्रम मार्फत पत्रकारलाई जानकारी गराउदै क्षेत्र नं. २ मा गाई मार्ने, गाई खाने र गाई बचाउने बीच मुख्य प्रतिस्पर्धा भईरहेको जिकिर गरेका छन । उनले नाम नलिई राप्रपा उम्मेदवार धवल सम्शेर र जसपा उम्मेदवार इश्तियाक राई तर्फ संकेत गर्दै भने, ‘हामीलाई धर्मबाट न कोहि झुकाउन सक्छ, न कसैले हटाउन सक्छ । मेरो समाजलाई अनुरोध छ, यहाँ तिनतर्फी लडाई छ, एउटा गाई मार्ने छ, अर्को गाई खाने छ र गाई बचाउने बीचको छ । हामी छौँ, गाई बचाउने ।’ नगर प्रमुख भएका बेला शहरबाट छाडा चौपाया हटाउने नाममा राणाले सडकका बेवारिसे गाई गोरु छोपेर सुर्खेतको जङ्गलमा छाडिदिँदा भीरबाट खसेर केही गाई मरेको थियो ।

उनले थप भने, ‘यो अभियान गाई बचाउनका लागि हो, देश बचाउनका लागि हो, राष्ट्रको धर्म बचाउनका लागि हो । हाम्रो उम्मेदवारी एउटा अन्दोलन हो ।’

उनले आफुप्रतिको मिथ्या तथा भ्रमक सूचनालाई खण्डन गर्दै यस क्षेत्रका जनतालाई सम्बोधन क्रममा भने, ‘यो आन्दोलनलाई कोहि कसैले किन्न सक्दैन । हुन सक्छ केहिलाई किनेर लैजालन तर दिवाकर शर्मा खनाल र राजकुमार रौनियारलाई नकसैले किन्न सक्छ, नहामी बस्छौ, हामी जसरी लडेका छौ आफ्नो समाजको लागि त्यसै गरी लड्छौ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ४८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा