२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

नेपालगन्जको चुनावी लडाइँ गाई मार्ने, गाई खाने र गाई बचाउने बीचको छ : हिन्दुवादी नेता खनाल



नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ बाट संघीय सांसदका प्रत्यासी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले यस क्षेत्रमा मात्र तिन जनाको लडाई रहेको बताएका छन ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन नजिक्दै गर्दा चुनावी सरगर्मी समेत बढेको छ । यतिबेला पार्टीगत र स्वतन्त्र उम्मेदवार समेत चुनावी अभियानलाई थप चरम बनाउदै जनताको दैलोमा पुगिरहेका छन ।

यसै क्रममा नेता खनालले एक कार्यक्रम मार्फत पत्रकारलाई जानकारी गराउदै क्षेत्र नं. २ मा गाई मार्ने, गाई खाने र गाई बचाउने बीच मुख्य प्रतिस्पर्धा भईरहेको जिकिर गरेका छन । उनले नाम नलिई राप्रपा उम्मेदवार धवल सम्शेर र जसपा उम्मेदवार इश्तियाक राई तर्फ संकेत गर्दै भने, ‘हामीलाई धर्मबाट न कोहि झुकाउन सक्छ, न कसैले हटाउन सक्छ । मेरो समाजलाई अनुरोध छ, यहाँ तिनतर्फी लडाई छ, एउटा गाई मार्ने छ, अर्को गाई खाने छ र गाई बचाउने बीचको छ । हामी छौँ, गाई बचाउने ।’ नगर प्रमुख भएका बेला शहरबाट छाडा चौपाया हटाउने नाममा राणाले सडकका बेवारिसे गाई गोरु छोपेर सुर्खेतको जङ्गलमा छाडिदिँदा भीरबाट खसेर केही गाई मरेको थियो ।

उनले थप भने, ‘यो अभियान गाई बचाउनका लागि हो, देश बचाउनका लागि हो, राष्ट्रको धर्म बचाउनका लागि हो । हाम्रो उम्मेदवारी एउटा अन्दोलन हो ।’

उनले आफुप्रतिको मिथ्या तथा भ्रमक सूचनालाई खण्डन गर्दै यस क्षेत्रका जनतालाई सम्बोधन क्रममा भने, ‘यो आन्दोलनलाई कोहि कसैले किन्न सक्दैन । हुन सक्छ केहिलाई किनेर लैजालन तर दिवाकर शर्मा खनाल र राजकुमार रौनियारलाई नकसैले किन्न सक्छ, नहामी बस्छौ, हामी जसरी लडेका छौ आफ्नो समाजको लागि त्यसै गरी लड्छौ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ४८ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको