६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

निर्वाचनका लागि जुम्लामा खटिए ८ सय ४८ कर्मचारी



जुम्ला । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा  आठ सय ४८ कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाले  एक सय आठ मतदान केन्द्रको लागि  कर्मचारी खटाएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन कर्मचारीको सुचीअनुसार एक सय ६ वटा स्थायी र दुई वटा अस्थायी गरि आठ सय ४८ कर्मचारी खटाएको हो ।

त्यस्तै, मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार एक सय आठ जना मतदान अधिकृत र एक सय आठ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाएको हो । उनका अनुसार ९९ मतदान केन्द्रमा आठ जना कर्मचारीका दरले सात सय ९२ जना, सात वटा मतदान केन्द्रमा सात जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा सात जना खटाएको हो ।

मृख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई सय ५१ भन्दा तलको मतदाता भएको स्थानमा सात जना र दुई सय ५१ भन्दामाथिको मतदाता भएको स्थानमा आठ जनाका दरले कर्मचारी खटाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खटाएका कर्मचारीलाई तालिम दिएर, सामग्री हस्तान्तरण गरेर पठाएने भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : ५० बजे

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर । ललितपुर महानगरपालिका-२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।