८ बैशाख २०८३, मंगलबार | April 21, 2026

अफगानिस्तान चरम खाद्यान्न संकटको चपेटामा



काबुल । अफगानिस्तानमा चरम खाद्यान्न अभाव भएको र सन् २०२२ मा खाद्य असुरक्षा तीव्र बढेको छ, संयुक्तराष्ट्रको खाद्य र कृषि संगठन ९एफओए०ले जनाएको छ । एफओएले एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

लामो समयसम्मको खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीले २ करोड २८ लाख अफगानीलाई असर गरेको प्रतिवदेनमा उल्लेख छ ।

‘ विस्तारित खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरताले २ करोड २८ लाख मानिस प्रभावित छन्’, प्रतिवेदनमा भनिएको छ । त्यस्तै, विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी०ले पनि अफगानिस्तानको आर्थिक संकटबारे चासो देखाएको छ । एक वर्षको आर्थिक कठिनाइ, भूकम्प र बाढी जस्ता वातावरणीय प्रकोपहरूको सामना गरिसकेपछि अफगानी जनता अर्को कठोर जाडो मौसमको लागि पहिलेभन्दा कम तयार रहेको  डब्लूएफपीले एक विज्ञप्तिमा  उल्लेख गरेको छ । हरेक १० मध्ये ९ घरपरिवारले आफ्नो खाद्यान्न आवश्यकताहरू पूरा गर्न नसकेको पनि डब्लूएफपीले जनाएको छ ।

जनता चार दशक लामो द्वन्द्व, जलवायु जोखिम, कोभिड–१९लगायतका समस्याबाट गुज्रिरहेको अफगानिस्ता पछिल्ला वर्ष  रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएको डब्लूएफपीले जनाएको छ ।

१५ महिनाअघि तालिवानको सत्तापलटपछि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायले काबुललाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन् । एजेन्सी

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ४५ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति