१५ असार २०८३, सोमबार | June 29, 2026

मतदान गर्ने आश्वासनसँगै मतदाताले सुनाए समस्याका पोको



नेपालगन्ज । बाँके, प्रदेश सभा २ (२) का सुरेन्द्र हमालले आफु निर्वाचित भएपछि बेरोजगार महिलालाई सिपमुलक तालिमको ब्यवस्था गरेर आत्मनिर्भर बनाउन आवश्यक कदम चाल्ने बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा घरदैलोका क्रममा उपस्थित महिलाले बेरोजगारी समस्याबारे कुरा राखेपछि हमालले यस्तो बताएका हुन् । उक्त वडाका अधिकांश महिला बेरोजगार छन् । हमाल निर्वाचित भएपछि इच्छा अनुसारको तालिम तथा सिप सिक्न पाउने अपेक्षा गरेको महिलाहरु बताएका छन् ।

पहाडी, मुस्लिम र मधेशी समुदायको मिश्रित बसोबास रहेको उक्त वडामा अझ बढी मधेशी तथा मुस्लिम समुदायका महिलाहरु बेरोजगार छन् । ‘हामी सुरेन्द्र हमाललाई जिताउँछौं, तर जितेपछि हामीलाई हामीले गर्न सक्ने केही सिप मुलक तालिमको व्यवस्था गरिदिनुपर्छ,’ महिलाले भने ‘सिप मुलक कार्यक्रम नेपालगन्ज वडा नम्बर १ मा ल्याउनुपर्छ ।’

महिला केन्द्रित मात्र नभई वडा नम्बर १ मा शुद्ध खानेपानी, उज्यालोको लागि बिजुली बत्ती र सडकको पनि समस्या भएको र त्यसको समाधानका लागि पहल गर्न हमाललाई आग्रह गरे । स्थानीय तहको निर्वाचनको भन्दा बढी मत ल्याउने गरी दिनरात नभनेर काँग्रेसका उम्मेदवारलाई जिताउन अपिल गरिरहेको वडा सभापति सितादेवी काफ्लेले बताईन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : १७ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि