९ पुस २०८२, बुधबार | December 24, 2025

मायादेवी-८ वडाअध्यक्षका उम्मेदवार राप्रपामा प्रवेश



भैरहवा । स्थानीय तहको निर्वाचनमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट वडाअध्यक्षका उम्मेदवार मनीश्वर थारु (मनिष चौधरी) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

लोसपाबाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार समेत रहेका युवा नेता चौधरी सोमबार उक्त पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् ।

उनलाई राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणा, पूर्वमन्त्री कल्पना पाण्डे, राप्रपा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, प्रवक्ता शिवचरन केवट, नेता नवाब मुसलमान लगायतले भैरहवामा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् ।

त्यस्तै लोसपा जिल्ला सदस्य अमन कान्दु, नेपाली कांग्रेसका क्रियाशिल सदस्य वृजेश नाउ, सदस्य मोतीलाल लोनिया, पूर्ववडाअध्यक्ष हरिहर यादव, लोसपा सदस्य राजकुमार केवट पनि राप्रपामा प्रवेश गरेका हुन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको पार्टीका रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : १८ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण