१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाइडेन-सी भेटवार्ताः बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन्



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन् । उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए ।

बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरू बीचको यो पहिलो व्यक्तिगत भेट थियो । इन्डोनेसियाको टापुमा भएको जी २०  शिखर सम्मेलनको एक दिनअघि बालीमा भएको वार्तामा दुवैले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गरेका थिए ।

सीको आगमन लगत्तै एक सुविधा सम्पन्न होटलमा भएको तीन घण्टा लामो भेटमा नेताहरूले ताइवानलगायत विभिन्न विषयमा छलफल गरेका थिए । बेइजिङद्वारा दावी गरिएको  स्वशासित टापुले अमेरिकालाई सहयोगी मान्छ र र यो सधैं अमेरिका–चीन सम्बन्धमा एउटा महत्वपूर्ण मुद्दा भएको छ ।

अगस्टमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा तनाव बढेको थियो ।चीनले यस टापुको वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो, जसका कारण अमेरिका र चीनबीच सम्भावित द्वन्द्वको डर बढाएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : २३ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’