३० श्रावण २०८३, शनिबार | August 15, 2026

नेत्रहिन युवा संघ रुपन्देहीद्धारा ‘अपाङ्गता मैत्री निर्वाचन संरचना माग’



बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिध सभा निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुको समान सहभागीताको लागि माग गरेको छ ।

विगतका स्थानीय तह निर्वाचन लगायत अन्य निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुको निर्वाचमा प्रयोग गरिएको मतदान स्थल अपाङ्गता मैत्री नहुनु, अपाङ्गता मैत्री व्यवहार समेत नभएको कारण कतिपय अपाङ्गता भएका व्याक्तिहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको भन्दै उनीहरुले यो निर्वाचनमा सरोकारवाला निकायबाट बढि भन्दा बढि यो विषयमा ध्यान दिन ध्यानाकर्षण समेत संघले गराएको हो ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले अपाङ्गता भएका व्याक्तिहरुको लागि लाईन बस्न मात्रै नपर्नेुलाई सरकारी निकायबाट अपाङ्गता मैत्री व्यवहार गरेको भनिदै आएकोमा अपाङ्गता भएका व्याक्तिहरुको समान सहभागीताका लागि उनीहरुले रहेको स्थान घर देखि मतदान स्थल सम्म र मतदान स्थलमा मत प्रयोग गरेपछि सम्बन्धी आवास सम्म सहज रुपमा आउने र जाने व्यवस्था सरकारी निकायबाट हुनुपर्ने माग गरे ।

दृष्टिविहिनता भएका तथा अन्य शरिरिक अपाङ्गता सहित अन्य प्रकृतिको अपाङ्गता भएका व्याक्तिहरुले आफ्नो मताधिकार गोप्य रुपमा प्रयोग गर्न पाउने गरी गोप्य स्थानको छनौटका साथै सहायक सामग्री समेत लैजान मिल्ने गरी निर्माण गर्न समेत आग्रह गरे । खासगरी अपाङ्गताको क्षेत्रमा संरचना अपाङ्गता मैत्री नहुँदा उनीहरुले मताधिकारबाट बञ्चित हुनुपरेको भन्दै यसमा सबै निकायको ध्यानाकष्र्ण हुनुपर्ने समेत बताए । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष पौडेलले अपाङ्गता भएका व्याक्तिहरुको सहि र सहज रुपमा मताधिकार प्रयोगको वातावरण निर्माणका लागि स्वयम सेवक परिचालन गर्न समेत माग गरेका हुन ।

अघिल्ला निर्वाचनहरुमा उमेद्वारहरुले भोट राख्नका लागि मतदान केन्द्रसम्म लैजाने र मतदानगरिसकेपछि अलपत्र पार्ने गरेको पाइएकोले सर्वदलीय बैठकमा यस्ता विषयलाई नदोहोरिने गरी कार्यगर्न ध्यानकर्षण गराउँदछौँ –’ उनले भनेका छन् ।

मतदान केन्द्र पुगेका अपांगता भएका व्यक्ती मतदान गर्न पुग्दा लाइन बस्न नपर्नु मात्रै प्राथमिकता हो भन्ने बुझाई भएकाले विशेष गरी मनोसामाजिक अपांगता भएका व्यक्तीहरुलाई मतदानका लागि प्रशस्त समय छुट्टाइदिन अनुरोध उनले गरेका छन् । निर्वाचनमा पहुँच परियोजनाका अधिकृत लक्ष्मी पाण्डेका अनुसार मतदान केन्दमा गोप्य स्थल उज्यालो भए नभएको ,टेबुल उपयुक्त स्थानमा भए नभएको अपांगता भएका व्यक्तीहरुलाई मतदाता शिक्षा भए नभएको एकिन गर्न समेत माग गरेकी छिन् ।

यस्तै उनका अनुसार अघिल्ला निर्वाचनहरुमा अपांगता भएका व्यक्तीहरु खस्रिदै, ठोक्किदै आफ्नो मताधिकार प्रयोग गर्न गएको दृश्य यहाँलाई ताजा गराउन चाहान्छौँ ,यहाँको यस क्षेत्रमा भएका पुर्वाधारको सहि सदुपयोग गदै मतदान स्थललाई अधिकतम अपांगतामैत्री बनाउन प्रयास हुनेछ ।’ निर्वाचनमा खटिएका कर्मचारीहरुलाई अपांगतामैत्री व्यवहार, तालिम र विशेष निर्देशन दिनुहुन यसै ध्यानाकर्षण गराएकी छिन् । कार्यक्रममा निर्वाचनमा पहुँच परियोजनाका फिल्ड प्रमोटर सुस्मा हुमागाई, नेत्रहिन युवा संघ नेपाल रुपन्देही सदस्य टिकाराम घिमिरे लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ५४ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर