३ पुस २०८२, बिहिबार | December 18, 2025

मोतिपुरका कसैलाई पनि घरबारबिहीन बनाइँदैन : गृहमन्त्री खाँण

खाँणले चुनाव जितेपछि प्रधानमन्त्री बन्ने : प्रदेश उम्मेदवार सन्तोष पाण्डेय



भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँ बसोबास गर्दै आएका परिवारहरु घरबारबिहीन हुनु नपर्ने बताएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले मंगलबार जिल्लाको फर्साटिकरमा आयोजित चुनावी सभामा बोल्दै औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर स्मार्ट निर्माण गरिने र अहिले बसोबास भएकालाई घरबिहीन हुन नदिने बताएका हुन् ।

‘मोतिपुरमा बसोबास भएका व्यक्तिको घर त के, आँगनमा रहेको बोट समेत उखेल्न दिइने छैन,’ उनले भने, ‘ढुक्क सुत्नुस्, गठबन्धन तपाईंको साथमा छ । म तपाईंको साथमा छु ।’ औद्योगिक क्षेत्र निर्माणका क्रममा जनतालाई पुग्ने पीडामा मल्हम नलगाए नेता खरानी हुने चेतावनी उनले दिए । ‘नागरिकको बास र जीवन रक्षाका लागि आवश्यक परे आन्दोलन हुन्छ,’ उनले भने, ‘उक्त आन्दोलनमा नागरिकसँगैं गठबन्धनका नेता र म सहभागी हुन्छौं ।’ औद्योगिक क्षेत्रमा बसोबास रहेका परिवारको जग्गा बचाउन क्षेत्रफल घटाउने औपचारिक निर्णय भइसकेकाले नआत्तिन आग्रह गरे ।

‘साढे दुई महिनाअघि बुटवल उपमहानगर पालिकामा मैले आह्वान गरेर सरोकारवालाबीच औद्योगिक क्षेत्रको पुनः नक्सांकन गरेर क्षेत्रफल घटाउन औपचारिक निर्णय गरिसकेका छौं,’ उनले भने, ‘मोतिपुरबाट नागरिक नहटाउने निर्णय भएको छ ।’ जनतालाई प्रताडित गरेर हुने बिकासप्रति आफ्नो समर्थन नरहने उनले बताए । ‘३० वर्ष अघि सांसद हुँदा म युवा थिए, त्यो बेला भएको भए आक्रोशमा निर्णय गर्थे होला,’ उनले भने, ‘अहिले म धार्मिक भइसके । नागरिकका पीडाले मलाई गम्भीर तुल्याउँछन् । म नागरिकलाई मर्का पर्ने निर्णय गर्न सक्दिनँ ।’

औद्योगिक क्षेत्र निर्माणमा तत्काली सरकारले हतार गरेकाले समस्या निम्तिएको उनले बताए । ‘तत्कालीन मन्त्रीज्युलाई शिलान्यास गर्न हतार नगर्नुस् भनेर अनुरोध गरेको थिए,’ उनले भने, ‘तर, मान्नु भएन, हतारमा खाल्डो खन्नुभयो, त्यो खाडल हामीले पुर्नु पर्छ ।’ तत्कालीन अर्थमन्त्री विष्णु पौडेल औद्योगिक क्षेत्र शिलान्यासका लागि आएका बेला स्थानीयले प्रतिरोध गर्दा झडप भएको थियो । खाँणले रुपन्देहीलाई विकसित जिल्ला बनाएरै छाड्ने आफ्नो अठोट भएको समेत बताए । उनले रुपन्देहीको विकासले मुलुकभर विकासको सन्देश दिन सक्ने जनाउँदै त्यसका लागि प्रतिबद्ध भएर लाग्ने प्रष्ट पारे । गृहमन्त्री खाँणले विकासमा रुपन्देही एक नम्बर जिल्ला बनाएरै छाड्ने उद्घोष गर्दै भने, ‘नेपालको विकास हुँदा रुपन्देही मुख्य प्राथमिकतामा पर्ने छ, यो काम गठबन्धन र मैले गर्नेछु ।’

रुपन्देही–३ (२) का उम्मेदवार नेपाली काँग्रेसका नेता रामचन्द्र ढकालले बुटवलबाट राजधानी दाङ पुर्याउन हस्ताक्षर गर्ने व्यक्ति नै अहिले उम्मेदवार रहेको बताए । ‘राजधानी फिर्ता ल्याउँछु भनेर प्रचार गरिरहेका छन्,’ उनले भने, ‘उनीहरुले राजधानी दाङ पुर्याउँदा हामीले आन्दोलन गरेका थियौं, यो कुरा जनताले बुझ्नुपर्छ, हिजो जनताको अपमान गर्नेले माफ माग्नु पर्नेमा राजधानी फिर्ता ल्याउँछु भनेर झुट्टा कुरा गरिरहेका छन् ।’ राजधानी सार्ने नेता प्रचारमा आइरहेकाले प्रश्न गर्न उनले अनुरोध गरे ।

रुपन्देही–३(१) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले पहिलो पटक जिल्लाले राष्ट्रिय नेता प्राप्त गरेकाले गठबन्धनका उम्मेदवार बिजयी गराउन अनुरोध गरे । ‘विपक्षी उम्मेदवार अन्तिमपटक जिताउनुस् भनिरहेका छन,’ उनले भने, ‘म चुनाव जितेपछि प्रधानमन्त्री बनाउन बालकृष्ण खाँणलाई भोट हाल्नुस् भन्छु । उहाँ जितेपछि प्रधानमन्त्री बन्ने हो । तपाईंको सेवा गर्ने हो ।’ काठमाडौंपछि भैरहवा अन्तरांष्ट्रिय सहर बन्ने क्रममा रहेको र त्यसको नेतृत्व खाँणले गर्ने उनले बताए । उनले गठबन्धनको जित अहिलेको आवश्यकता रहेको जिकिर गरे । आमसभामा बोल्ने नेताहरुले पाँच दलीय गठबन्धनले जिते मात्रै संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्न सक्ने दावी गर्दै अत्यधिक बहुमतले जिताउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ०२ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र