१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

पोखरा-जोमसोम हवाई रुटमा मौसमी क्यामरा



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र लेतेमा मौसमबारे जानकारी दिने क्यामरा जडान गर्न लागेको हो ।

क्यामरा जडानका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । माहुरीडाँडा, कटुका र लेतेमा जडान गरिने मौसमी जानकारी दिने क्यामराको परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गरिने उनले बताए ।

उनले भने, “पोखरा-जोमसोम हवाईमार्गको समुद्री सतहबाट दुई हजार तीन सय मिटरदेखि तीन हजार तीन सय मिटर अग्लो स्थानमा आविष्कार केन्द्रले उक्त अत्याधुनिक क्यामरा जडान गर्नेछ ।”

प्राधिकरण र आविष्कार केन्द्रबीच भएको सम्झौताअनुसार क्यामरा जडानमा लाग्ने खर्च प्राधिकरणले बेहोर्नेछ भने प्रविधि भने राष्ट्रिय आविष्कार केन्द्रले जुटाउनेछ ।

क्यामराबाट प्राप्त हुने मौसमबारे जानकारी पोखरा नागरिक उड्डयन कार्यालय र जोमसोम नागरिक उड्डयन कार्यालयले मात्रै लिन पाउनेछन् । उक्त क्यामराको सहयोगमा हवाई कन्ट्रोल टावरबाटै पोखरा-जोमसोम हवाईमार्गका मौसमी दृश्य थाहा पाउन सकिनेछ । केन्द्रले क्यामरामा कैद भएका दृश्य अन्य निकायलाई बिक्री गर्न पाउने छैन । केन्द्रले क्यामरा बिहान सूर्य उदाएदेखि बेलुकी सूर्यास्तसम्म सञ्चालन गर्नुपर्नेछ ।

क्यामरा जडानका लागि अन्य अपरेसनल पावर आवश्यक परेमा नेपाल टेलिकमको टावरहरू पनि प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रस्थान बिन्दु र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाज उडानमा रहँदा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ ।

यसको न्यूनीकरण गर्न क्यामरा जडानको काम सुरु भएको प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले बताए । पर्यटकीय गतिविधि बढ्ने बेला पोखरा-जोमसोम रुटमा हवाई उडान गर्ने कम्पनीका लागि भ्याइनभ्याइ हुने र अरूतिरको रुटका उडान कटौती गरेर भए पनि हवाई कम्पनीले पोखरा-जोमसोम उडान गर्ने गरेको उनले बताए ।

हाल पोखराबाट उडेको १० मिनेटमा जहाज म्याग्दीको घोरेपानी पुग्ने गरेको छ । जहाज घोरेपानीको आकाशमा पुगेपछि जहाजको पोखरा टावरसँग सम्पर्क टुट्ने गरेको छ ।

घोरेपानी कटेको जहाज लेते पुग्नुअघि बीचको तीन मिनेट कतै पनि सम्पर्क हुँदैन । प्राविधिकहरूले यसलाई ‘बफर जोन’ भन्ने गरेका छन् । लेते पुगेर जोमसोम सम्पर्कमा आएको जहाजले करिब चार मिनेटपछि जोमसोममा अवतरण गर्ने गरेका छन् ।

उक्त क्षेत्रमा क्षणभरमै हुने मौसमी परिवर्तनका कारण गत जेठ १५ गते बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर जहाज सोही क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए । यसअघि सोही रुटमा सन् २०१२ फागुनमा अग्नि एयरको जहाज दुर्घटनामा परेको थियो । त्यतिबेला दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए । आजको गोरखापत्र दैनिकमा मीनराज भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : १३ बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम