७ आश्विन २०८३, बुधबार | September 23, 2026

गुल्मीको विकाससँग जोडिएका चन्द्र भण्डारी : राजनीतिमा खारिएका व्यक्तित्व



गुल्मी । गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसमा प्रखर र निडर नेताका रुपमा चिनिन्छन् । चाहे पार्टीमा होस् वा जनतामा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने आँट भएका नेताकारुपमा पनि भण्डारीको पहिचान छ । गाँउमा नै भएको धनीले गरिवलाई गर्ने शोषण, ठुला जातले साना जातलाई गर्ने अवहेलनाबाट भण्डारी राजनीतिमा आकर्षित भए । २०१८ सालमा जन्मेका भण्डारीको माध्यामिक तह हुँगाकै ठुलापोखरा स्थित जनता जागृति माबिमा सकेका थिए । विद्यार्थीकालमा नै राजनीतिमा आकर्षित भण्डारीले विद्यालय पढ्दाकै अवस्थामा अन्यायका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने गरेको उनीसँग पढेका सहपाठीहरु स्मरण गर्ने गर्दछन् ।

गुल्मीमा नै नेपाल बिद्यार्थी संघको सदस्य बनेका चन्द्र भण्डारी २०३४ सालमा पाल्पा क्याम्पसमा भर्ना भएलगत्तै क्याम्पस इकाई समितिको सभापति बनेका थिए । उनले पाल्पा क्याम्पस स्ववियु निर्वाचनमा सभापतिमा चुनाव लड्दा २ पटक पराय भोगेपनि तेस्रो पटक स्ववियु सभापतिमा विजयी बन्न सफल भए । २०३४ देखि झण्डै १५ वर्ष विद्यार्थी राजनीति गरेका भण्डारी २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।

भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । दशौं महाधिवेशनबाट १३ औं महाधिवेशन सम्म केन्द्रीय सदस्यमा जितेका उनी २०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा भने उपसभापति पदमा मा उठेर पराजित भएका थिए ।

पंचायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर झण्डै ६ वर्ष उनले जेल जिवन बिताएका छन् ।

नेपाली लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण घटना मध्य कांग्रेस नेता गिरिजा प्रसाद कोईरालाको हत्या गर्ने योजना सहित घटाइएको सुर्यपुरा घटनाको डा. भण्डारी जिउँदो साक्षी पनि हुन् । उक्त घटनामा भण्डारी गम्भीर घाईते भएका थिए । हाल एमालेको समर्थनमा रुपन्देही ३ बाट उम्मेदवार भएका दीपक बोहराको योजनामा पञ्चायतले पालेका मण्डलेहरुबाट भएको सांघातिक आक्रमणमा परि कांग्रेस नेता यादवनाथ आलोकको मृत्यु भएको थियो ।

नेपाली कांग्रेसको देशव्यापी अभियान अन्तरगत नेपाली कांग्रेसका नेताहरु गिरिजा प्रसाद कोइराला, शेर बहादुर देउवा, सैलजा आचार्य,रामचन्द्र पौडेल सहितको टोली २०४० फागुन २० गते रुपन्देहीको कार्यकर्ता प्रशिक्षणमा भागलिन आएको थियो । रुपन्देहीको हाल देवदह नगरपालिका ३ तत्कालिन केरवानी पञ्चायतको सुर्यपुरा गाउँमा त्यतिखेरका कांग्रेसका रुपन्देही सभापति पुष्पानन्द गिरीको घरमा आयोजना भएको सो कार्यक्रमको सूचना पाएका तत्कालिन सिडिओ दानवहादुर शाही, अञ्चलाधिस काजिमान कंगदवहा र दिपक बोहराले बुटवलको अञ्चलाधिस कार्यलयमा बसेर कांग्रेसको नेतृत्वलाई समुल हत्या गर्ने योजना बनाएका थिए ।

यो घटनामा २०० जना घाईते, ३२ जना अंग भंग र २ जनाको हत्या भएको त्यतिखेरका प्रत्यक्षदर्सिहरु बताउँछन । त्यही घटनामै इट्टाले लागेर हाल प्रधानमन्त्री रहेका कांग्रेस नेता शेरबहादुर देउवाको ओँठ काटिएको थियो । त्यसको दाग अझैपनि देउवाको अनुहारमा देख्न सकिन्छ । सोही घटनामा गुल्मीका कलाधर भण्डारी र चन्द्र भण्डारी पनि गम्भीर घाइते भएका थिए ।

डा. भण्डारी २०६४, २०७० र २०७४ को राष्ट्रिय निर्वाचनमा गुल्मी २ बाट उम्मेदवार बनेकोमा उनले २०७० मा एक पटक मात्र विजयी बनेका थिए ।

उनले सांसद बनेकै बेला हरेक वर्ष मृत्युमार्ग बन्दै आएका सिद्धबाबा सडकको विकल्पमा सालझण्डी ढोरपातनको सडकको योजनाको शुरुवात गरेका थिए भने एसियाकै नमुना पुलकारुपमा रिडिमा ३ मुखे पुलको शिलान्यनस पनि भण्डारी सांसद भएकै बेला गरिएको थियो । गुल्मीमा लिफ्टिङ प्रविधिबाट पानीको अभावमा न्युनिकरण गर्ने अभियान पनि भण्डारीकै कार्यकालमा भएको उनको दाबी छ ।

खानेपानीको हाहाकार रहने गुल्मीका अधिकांस स्थानमा लिफ्टिङ गरि पानीको व्यवस्था गर्ने काम आफ्नो कार्यकालमा भएको र हाल ९३ स्थानमा सो प्रविधिबाट काकाकुल गुल्मेलीको पानीको आवश्यकता पुरा गरेको भण्डारीले बताए । गुल्मी दौंगाका स्थानीयले त भण्डारीलाई पानी दिएर प्राण बचाउने व्यक्तिकारुपमा चिन्ने गरेको स्थानीय विनोद ज्ञवालीले बताए ।

भण्डारीकै योजनामा गुल्मीमा कृषि सडकको अवधारण भित्रिएको र सोही सडक अन्तर्गत गुल्मीमा ४३ वटा मोटरेवल पुलको थालनी भएकोमा ४२ वटा पुल बनिसकेको छ । भण्डारीकै पहलमा गुल्मी दरबारका माझी समुदायले नयाँ घर पाएका छन् भने भण्डारीले हरेक वर्षको दशैं माझी समुदायसँग मनाउने गर्दछन् । भण्डारीकै पहलमा गुल्मीका ८ सय बढी विद्यार्थीहरुले छात्रबृत्तिमा अध्ययन गरिरहेको पनि भण्डारीले बताए ।

२० वर्षदेखि एमालेले जित्दै आएको क्षेत्र ७० सालमा कांग्रेसको पोल्टामा ल्याउन सफल भएका भण्डारी ७४ सालमा पराजित भएपनि यसपटक सत्ता गठबन्धनको सहयोगमा इतिहास दोहोर्‍याउने अभियानमा छन् । चौथो पटक पनि उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का प्रदीप ज्ञवालीसँग हुँदै छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुल्मी९१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ । एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १६०० र एकीकृत समाजवादीले ४९७ मत पाएका थिए ।

स्थानीय चुनावको यो नतिजा सत्ता गठबन्धनका साझा उम्मेदवार डा। भण्डारीका लागि चौथो प्रतिस्पर्धामा दोस्रो विजय निकाल्न अनुकूल देखिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ३६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज