१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

गुल्मीको विकाससँग जोडिएका चन्द्र भण्डारी : राजनीतिमा खारिएका व्यक्तित्व



गुल्मी । गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसमा प्रखर र निडर नेताका रुपमा चिनिन्छन् । चाहे पार्टीमा होस् वा जनतामा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने आँट भएका नेताकारुपमा पनि भण्डारीको पहिचान छ । गाँउमा नै भएको धनीले गरिवलाई गर्ने शोषण, ठुला जातले साना जातलाई गर्ने अवहेलनाबाट भण्डारी राजनीतिमा आकर्षित भए । २०१८ सालमा जन्मेका भण्डारीको माध्यामिक तह हुँगाकै ठुलापोखरा स्थित जनता जागृति माबिमा सकेका थिए । विद्यार्थीकालमा नै राजनीतिमा आकर्षित भण्डारीले विद्यालय पढ्दाकै अवस्थामा अन्यायका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने गरेको उनीसँग पढेका सहपाठीहरु स्मरण गर्ने गर्दछन् ।

गुल्मीमा नै नेपाल बिद्यार्थी संघको सदस्य बनेका चन्द्र भण्डारी २०३४ सालमा पाल्पा क्याम्पसमा भर्ना भएलगत्तै क्याम्पस इकाई समितिको सभापति बनेका थिए । उनले पाल्पा क्याम्पस स्ववियु निर्वाचनमा सभापतिमा चुनाव लड्दा २ पटक पराय भोगेपनि तेस्रो पटक स्ववियु सभापतिमा विजयी बन्न सफल भए । २०३४ देखि झण्डै १५ वर्ष विद्यार्थी राजनीति गरेका भण्डारी २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।

भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । दशौं महाधिवेशनबाट १३ औं महाधिवेशन सम्म केन्द्रीय सदस्यमा जितेका उनी २०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा भने उपसभापति पदमा मा उठेर पराजित भएका थिए ।

पंचायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर झण्डै ६ वर्ष उनले जेल जिवन बिताएका छन् ।

नेपाली लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण घटना मध्य कांग्रेस नेता गिरिजा प्रसाद कोईरालाको हत्या गर्ने योजना सहित घटाइएको सुर्यपुरा घटनाको डा. भण्डारी जिउँदो साक्षी पनि हुन् । उक्त घटनामा भण्डारी गम्भीर घाईते भएका थिए । हाल एमालेको समर्थनमा रुपन्देही ३ बाट उम्मेदवार भएका दीपक बोहराको योजनामा पञ्चायतले पालेका मण्डलेहरुबाट भएको सांघातिक आक्रमणमा परि कांग्रेस नेता यादवनाथ आलोकको मृत्यु भएको थियो ।

नेपाली कांग्रेसको देशव्यापी अभियान अन्तरगत नेपाली कांग्रेसका नेताहरु गिरिजा प्रसाद कोइराला, शेर बहादुर देउवा, सैलजा आचार्य,रामचन्द्र पौडेल सहितको टोली २०४० फागुन २० गते रुपन्देहीको कार्यकर्ता प्रशिक्षणमा भागलिन आएको थियो । रुपन्देहीको हाल देवदह नगरपालिका ३ तत्कालिन केरवानी पञ्चायतको सुर्यपुरा गाउँमा त्यतिखेरका कांग्रेसका रुपन्देही सभापति पुष्पानन्द गिरीको घरमा आयोजना भएको सो कार्यक्रमको सूचना पाएका तत्कालिन सिडिओ दानवहादुर शाही, अञ्चलाधिस काजिमान कंगदवहा र दिपक बोहराले बुटवलको अञ्चलाधिस कार्यलयमा बसेर कांग्रेसको नेतृत्वलाई समुल हत्या गर्ने योजना बनाएका थिए ।

यो घटनामा २०० जना घाईते, ३२ जना अंग भंग र २ जनाको हत्या भएको त्यतिखेरका प्रत्यक्षदर्सिहरु बताउँछन । त्यही घटनामै इट्टाले लागेर हाल प्रधानमन्त्री रहेका कांग्रेस नेता शेरबहादुर देउवाको ओँठ काटिएको थियो । त्यसको दाग अझैपनि देउवाको अनुहारमा देख्न सकिन्छ । सोही घटनामा गुल्मीका कलाधर भण्डारी र चन्द्र भण्डारी पनि गम्भीर घाइते भएका थिए ।

डा. भण्डारी २०६४, २०७० र २०७४ को राष्ट्रिय निर्वाचनमा गुल्मी २ बाट उम्मेदवार बनेकोमा उनले २०७० मा एक पटक मात्र विजयी बनेका थिए ।

उनले सांसद बनेकै बेला हरेक वर्ष मृत्युमार्ग बन्दै आएका सिद्धबाबा सडकको विकल्पमा सालझण्डी ढोरपातनको सडकको योजनाको शुरुवात गरेका थिए भने एसियाकै नमुना पुलकारुपमा रिडिमा ३ मुखे पुलको शिलान्यनस पनि भण्डारी सांसद भएकै बेला गरिएको थियो । गुल्मीमा लिफ्टिङ प्रविधिबाट पानीको अभावमा न्युनिकरण गर्ने अभियान पनि भण्डारीकै कार्यकालमा भएको उनको दाबी छ ।

खानेपानीको हाहाकार रहने गुल्मीका अधिकांस स्थानमा लिफ्टिङ गरि पानीको व्यवस्था गर्ने काम आफ्नो कार्यकालमा भएको र हाल ९३ स्थानमा सो प्रविधिबाट काकाकुल गुल्मेलीको पानीको आवश्यकता पुरा गरेको भण्डारीले बताए । गुल्मी दौंगाका स्थानीयले त भण्डारीलाई पानी दिएर प्राण बचाउने व्यक्तिकारुपमा चिन्ने गरेको स्थानीय विनोद ज्ञवालीले बताए ।

भण्डारीकै योजनामा गुल्मीमा कृषि सडकको अवधारण भित्रिएको र सोही सडक अन्तर्गत गुल्मीमा ४३ वटा मोटरेवल पुलको थालनी भएकोमा ४२ वटा पुल बनिसकेको छ । भण्डारीकै पहलमा गुल्मी दरबारका माझी समुदायले नयाँ घर पाएका छन् भने भण्डारीले हरेक वर्षको दशैं माझी समुदायसँग मनाउने गर्दछन् । भण्डारीकै पहलमा गुल्मीका ८ सय बढी विद्यार्थीहरुले छात्रबृत्तिमा अध्ययन गरिरहेको पनि भण्डारीले बताए ।

२० वर्षदेखि एमालेले जित्दै आएको क्षेत्र ७० सालमा कांग्रेसको पोल्टामा ल्याउन सफल भएका भण्डारी ७४ सालमा पराजित भएपनि यसपटक सत्ता गठबन्धनको सहयोगमा इतिहास दोहोर्‍याउने अभियानमा छन् । चौथो पटक पनि उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का प्रदीप ज्ञवालीसँग हुँदै छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुल्मी९१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ । एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १६०० र एकीकृत समाजवादीले ४९७ मत पाएका थिए ।

स्थानीय चुनावको यो नतिजा सत्ता गठबन्धनका साझा उम्मेदवार डा। भण्डारीका लागि चौथो प्रतिस्पर्धामा दोस्रो विजय निकाल्न अनुकूल देखिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ३६ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका