१७ माघ २०८२, शनिबार | February 1, 2026

कोहलपुरमा रहेको नबिल बैंकमा आगलागी



कोहलपुर । बाँकेको कोहलपुरमा रहेको नबिल बैंकमा आगलागी भएको छ । बिहान ४ देखि ५ बजेका बीचमा आगलागी भएको प्रहरीले जनाएको छ ।

कोहलपुरको साझा चोकमा रहेको नबिल बैंकमा भएको आगलागीबाट बैंकको भौतिक सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए । आगलागीबाट नगद रहेको ढुकुटी भने सुरक्षित रहेको उनले बताए ।

काहेलपुर र नेपालगन्जबाट आएको दमकलको सहयतामा प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए । घरको बिच तलामा रहेको बैंकमा भएको आगलागीबाट तल्लो तलामा रहेको एटीएम पनि सुरक्षित रहेको डीएसपी मल्लले बताए । घटनामा भएको क्षतिको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ५५ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले