३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेशको सधारण सभा पुसमा हुने



बुटवल । नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ । महासघको भालुवाङमा बसेको बैठकले साधारण सभाको मिति तोकेको हो ।

महासघको केन्द्रिय परिपत्र अनुशार सधारण सभा कपिलवस्तु शााखाको आतिथ्यतामा गर्ने गरि मिति तोकिएको छ । साथै वैठकले सो मिति अगामी प्रदेश मातहतका साधारण सभा नगरेका शाखाहरुलाई अधिवेशन सम्पन्न गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

वैठकपछि जारी महासघको विज्ञप्तिमा महासघका जिल्ला शाखाहरुलाई प्रदेश पार्षदहरुको विवरण उपलब्ध गराईदिन, सदस्यता नविकरणको विवरण एवं नयां सदस्यहरुको सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न तयारी समितिहरु गठन गर्ने निर्णय गरेको छ । महासघका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा मुल तयारी समिति गठन गरिएको छ । त्यसैगरि महासचिव बिक्रम खड्काको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय समिति गठन भएको छ ।

त्यसैगरि कोषाध्यक्ष यमनाथ घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन भएको छ । महासघले रुकुम पुर्वमा सदस्यता स्थानान्तरणका लागि आएका निवेदनहरु उपर छानविन गरि अनुमोदनका लागि केन्द्रिय समितिमा पढाउने निर्णय गरेको छ ।

त्यसैगरि मंसिर ४ पछि रुकुम पुर्वमा शाखा गठनका लागि तयारी अघि बढाउने निर्णय भएको छ । त्यसैगरि महासघको भालुवाङमा निमार्ण भैरहेको भवन तिव्र रुपमा अघि बढाउने निर्णय गरेको छ । साथै वैठकले कार्य समिति सदस्य टेक मास्की रानाको भर्खरै भएको निधनप्रति गहिरो दुख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

उहांको उपचारमा सहयोग गर्ने सबैमा आभार प्रकट गरेको छ । वैठक अध्यक्ष बसन्त गिरीको अध्यक्षता र महासचिव बिक्रम खड्काको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : ०० बजे

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली