३० श्रावण २०८३, शनिबार | August 15, 2026

समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताएका छन् ।

गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेकाले समृद्धिको जनआकाङ्क्षा पूरा गर्ने बताए । काठमाडौँ क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिए ।

मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने उल्लेख गर्दै राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्न जनताले गठबन्धनलाई आसन्न निर्वाचनमा अत्यधिक मत दिनुपर्ने बताए । विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको उल्लेख गर्दै उनले देशलाई प्रतिगमनबाट बचाउन निर्वाचनमा सत्ता गठबन्धन एकढिक्क भएको बताए ।

काठमाडौँ–८ मा आफूले सुरू गरेका कयौं योजना निरन्तरताका लागि उम्मेदवार बनेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको पनि बताए । सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ५३ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर