४ आश्विन २०८३, आइतबार | September 20, 2026

इन्टलेक्च्यूअल स्कुलमा विद्यार्थीहरुले गरे नमुना निर्वाचन



बुटवल । मंसिर ४ गते हुने निर्वाचनको माहोल तातिरहेको बेला बुटवल –११ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल स्कुलमा विद्यार्थीहरुले नमुना निर्वाचन गरेका छन् । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक र समसामयिक विषयमा समेत जानकारी दिने उद्देश्यले कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुलाई सहभागी गराई नमुना निर्वाचन गरिएको हो ।

नेपाल समाजसेवी पार्टी र नेपाल प्रगतिशील पार्टी बनाएर प्रतिनिधि सभा प्रदेश सभा सांसद र समानुपातिक सांसदका लागि निर्वाचन आयोगले तयार गरेको नमुना मतदानको चुनाव चिन्ह र ४ वटा मतपत्र तयार गरि निर्वाचनकै झल्को दिने गरि विद्यार्थीहरुले निर्वाचन सम्पन्न गरेका छन् ।

विद्यार्थीहरुले उमेदवारी दर्ता, घोषणा पत्र सार्वजनिक गर्ने, प्रचारप्रसार गर्ने लगाएतका कार्य सम्पन्न गरि मतदान प्रक्रिया शुरु गरेका थिए । दुई पार्टी मध्ये नेपाल समाजसेवी पार्टीले प्रतिनिधि सभातर्फ कक्षा ९ की छात्रा एन्जीला श्रेष्ठ र प्रदेश सभातर्फ कक्षा ८ का छात्र सुजल पौडेललाई उम्मेदवार बनाएको थियो भने नेपाल प्रगतिसिल पार्टीको नामबाट प्रतिनिधिसभातर्फ कक्षा ९ का छात्र आर्यन सुवेदी र प्रदेशसभातर्फ कक्षा ९ कै छात्रा मारियम थापालाई उमेदवार बनाएको थियो ।

दुबै दल बाट प्रतिनिधि र प्रदेश सभाको समानुपातिक गरि ३–३ जना लाई उमेदवार बनाएका थिए । नमुना निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थीत बनाउनका लागि प्रमुख निर्वाचन अधिकृतको रुपमा शिक्षक सुरज वि.क रहेका थिए भने मतदानका क्रममा अन्य शिक्षकहरुले सघाएका थिए ।

मतदान पश्चात् भएको मतगणनामा प्रतिनिधि सभातर्फ नेपाल समाजसेवी पार्टीको उम्मेदवार एन्जीला श्रेष्ठ र प्रदेश सभा तर्फ नेपाल प्रगतिसिल पार्टीको मरियाम थापा विजयी भएका थिए भने समानुपातिकतर्फ प्रगतिसील पार्टीबाट संघिय सभामा एक तथा प्रदेश सभामा पनि एकजना निर्वाचित भएका छन् । समाजसेवी पार्टीबाट संघिय सभाका २ जना र प्रदेश सभामा पनि २ जना निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : २५ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल