३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलबाट दाङ राजधानी सार्न अरवौं खर्च गर्न सकिंदैन, निर्णय सच्याउनु पर्छ : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ लैजाने निर्णय सच्याइने बताएका छन् । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले आगामी प्रदेशसभाबाट राजधानी सार्ने निर्णय सच्याइने बताएका हुन् । उनले जबरजस्ती राजधानी सार्न खोजिए बाटोबाटै फिर्ता ल्याउने बताए ।

रुपन्देहीको बुटवलबाट दाङ राजधानी लैजाँदा सरकारको खरबौं लगानी लाग्ने बताउँदै उनले उक्त कुरा सम्भव नदेखिएको उल्लेख गरे । उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजादा मुलुकले आर्थिक क्षेति व्यहोर्नुपर्ने भएकाले निर्णय सच्चाउनुपर्ने बताए । गृहमन्त्री खाँणले राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई सच्चाउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे ।

‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार निर्माण, पानी, सिञ्चाइ, सडक र भवन बनाउँदा नेपाल सरकारको खरबौं रकम खर्च हुने रहेछ ।’,–गृहमन्त्री खाणले भने, ‘यतिधेरै सरकारको रकम खर्च गर्न सकिदैन । प्रदेशले त्यसलाई परीक्षण गरोस् । निर्णय सच्चाओस् ।’

लुम्बिनी प्रदेश सभाले २०७८ असोज २१ मा दाङको देउखुरीमा स्थायी राजधानी तोकेको थियो । गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको दाबी गरे । उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ संजालको सुगमताका कारण राजधानी बुटवलमा राख्नेमात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरिएको बताउदै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे ।

सबै दल र नेता चुनाव प्रचारमा लागेका बेला प्रदेश सरकारले यताका सामान लोड गरेर राजधानी सर्यो भन्दै उता लगेको सुनिएको जिकीर गरे ।

गृहमन्त्रीले देशको मध्यभागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको बताउँदै विकासको आधार खडा गर्न दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताए । बुद्धजन्मस्थल लुम्बिनीको महत्व विश्वभर बढाउन अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल बनाएको बताउँदै यसलाई पूर्णरुपमा संचालन गर्ने योजना बनाएको बताए ।

विकासलाई रुपन्देही केन्द्रीत गरेको बताउदै यहाँको विकास देशकै विकासको आधार रहेको बताए । खाँणले रुपन्देहीमा विकासको आधार तयार पार्नका लागि यहाँका जनप्रतिनिधिहरु बीच मिलेर अघि बढ्नुपर्ने आवश्यकता समेत औल्याए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ३८ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र