१५ असार २०८३, सोमबार | June 29, 2026

बुटवलबाट दाङ राजधानी सार्न अरवौं खर्च गर्न सकिंदैन, निर्णय सच्याउनु पर्छ : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ लैजाने निर्णय सच्याइने बताएका छन् । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले आगामी प्रदेशसभाबाट राजधानी सार्ने निर्णय सच्याइने बताएका हुन् । उनले जबरजस्ती राजधानी सार्न खोजिए बाटोबाटै फिर्ता ल्याउने बताए ।

रुपन्देहीको बुटवलबाट दाङ राजधानी लैजाँदा सरकारको खरबौं लगानी लाग्ने बताउँदै उनले उक्त कुरा सम्भव नदेखिएको उल्लेख गरे । उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजादा मुलुकले आर्थिक क्षेति व्यहोर्नुपर्ने भएकाले निर्णय सच्चाउनुपर्ने बताए । गृहमन्त्री खाँणले राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई सच्चाउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे ।

‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार निर्माण, पानी, सिञ्चाइ, सडक र भवन बनाउँदा नेपाल सरकारको खरबौं रकम खर्च हुने रहेछ ।’,–गृहमन्त्री खाणले भने, ‘यतिधेरै सरकारको रकम खर्च गर्न सकिदैन । प्रदेशले त्यसलाई परीक्षण गरोस् । निर्णय सच्चाओस् ।’

लुम्बिनी प्रदेश सभाले २०७८ असोज २१ मा दाङको देउखुरीमा स्थायी राजधानी तोकेको थियो । गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको दाबी गरे । उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ संजालको सुगमताका कारण राजधानी बुटवलमा राख्नेमात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरिएको बताउदै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे ।

सबै दल र नेता चुनाव प्रचारमा लागेका बेला प्रदेश सरकारले यताका सामान लोड गरेर राजधानी सर्यो भन्दै उता लगेको सुनिएको जिकीर गरे ।

गृहमन्त्रीले देशको मध्यभागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको बताउँदै विकासको आधार खडा गर्न दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताए । बुद्धजन्मस्थल लुम्बिनीको महत्व विश्वभर बढाउन अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल बनाएको बताउँदै यसलाई पूर्णरुपमा संचालन गर्ने योजना बनाएको बताए ।

विकासलाई रुपन्देही केन्द्रीत गरेको बताउदै यहाँको विकास देशकै विकासको आधार रहेको बताए । खाँणले रुपन्देहीमा विकासको आधार तयार पार्नका लागि यहाँका जनप्रतिनिधिहरु बीच मिलेर अघि बढ्नुपर्ने आवश्यकता समेत औल्याए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ३८ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि