१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

दाङका सबै क्षेत्रमा मुख्य दुई गठबन्धनबीच प्रतिष्पर्धा



बुटवल । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दाङका तीन वटा निर्वाचन क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा देखिएको छ । सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा देखिएको हो ।

दाङ–१
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी मुख्य प्रतिष्पर्धामा छन् । उनीहरू दुवैजना ०७४ को निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक सांसद थिए । यिनै दुईबीच अहिले मुख्य प्रतिष्पर्धा भइरहेको छ ।

निर्वाचन क्षेत्र नं. १ को (१) बाट प्रदेशसभा सदस्यमा एमालेबाट गंगाराम भट्टराई, माओवादीबाट लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारु बीच प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. १ को (२) मा कांग्रेसबाट अनुराग खड्का, एमालेबाट कुलबहादुर खत्री क्षेत्रीबीच प्रतिष्पर्धा रहेको छ ।

दाङ–२
प्रतिनिधिसभा सदस्यका लागि एमालेका तर्फबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल र सत्तापक्षीय गठबन्धनको तर्फबाट माओवादीकी पोलिटब्यूरो सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा प्रमुख प्रतिष्पर्धी छन् । अपुरा कामलाई संघीय सरकारमार्फत पुरा गराउने र दाङका जानताको चाहनाअनुसार काम गर्ने पोखरेलले प्रतिबद्धता जनाएका छन् । ०७४ को निर्वाचनमा दाङ २ (१०) बाट उनी प्रदेशसभामा विजयी भएका थिए ।

पोखरेलको प्रतिस्पर्धामा संघीय सामान्य प्रशासन मन्त्री भैसकेकी रेखा शर्मा छिन् । दाङकी छोरी शर्मा यस क्षेत्रको विकासको योजनासहित मैदानमा आएकी छिन् । ०६४ र ०७४ को निर्वाचनमा समानुपातिक  सांसद बनेकी शर्मा यो निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा उत्रिएकी हुन् । कृष्णबहादुर महराको निर्वाचन क्षेत्र भएकै कारण सो क्षत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ बाट प्रदेशसभाका लागि एमालेबाट बलिभद्र राना र कांग्रेसबाट राजु खनालबीचमा प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभाका लागि  एमालेका गिरिराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपाने बीचमा प्रतिष्पर्धा रहेको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बंगलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।

दाङ–३
क्षेत्र नं. ३ मा  प्रतिनिधिसभा सदस्यका लागि एमालेका केन्द्रीय सदस्य कोमल ओली र सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीबीच प्रतिष्पर्धा हुने अवस्था छ । वली ०७४ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन् ।  गिरी पूर्व सिँचाइ मन्त्री हुन् ।

प्रदेशसभातर्फ ३ (१) मा एमालेबाट घनश्याम पाण्डे, सत्तारुढ गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरीबीचमा प्रतिष्पर्धा हुने स्थिति छ । निर्वाचन क्षेत्र नं ३ (२)मा एमालेका हुकुमबहादुर बस्नेत र सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर मास्कीबीचमा कडा प्रतिष्पर्धा रहेको मतदाताहरू बताउँछन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : ५३ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको