२२ माघ २०८२, बिहिबार | February 5, 2026

दाङका सबै क्षेत्रमा मुख्य दुई गठबन्धनबीच प्रतिष्पर्धा



बुटवल । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दाङका तीन वटा निर्वाचन क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा देखिएको छ । सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा देखिएको हो ।

दाङ–१
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी मुख्य प्रतिष्पर्धामा छन् । उनीहरू दुवैजना ०७४ को निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक सांसद थिए । यिनै दुईबीच अहिले मुख्य प्रतिष्पर्धा भइरहेको छ ।

निर्वाचन क्षेत्र नं. १ को (१) बाट प्रदेशसभा सदस्यमा एमालेबाट गंगाराम भट्टराई, माओवादीबाट लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारु बीच प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. १ को (२) मा कांग्रेसबाट अनुराग खड्का, एमालेबाट कुलबहादुर खत्री क्षेत्रीबीच प्रतिष्पर्धा रहेको छ ।

दाङ–२
प्रतिनिधिसभा सदस्यका लागि एमालेका तर्फबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल र सत्तापक्षीय गठबन्धनको तर्फबाट माओवादीकी पोलिटब्यूरो सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा प्रमुख प्रतिष्पर्धी छन् । अपुरा कामलाई संघीय सरकारमार्फत पुरा गराउने र दाङका जानताको चाहनाअनुसार काम गर्ने पोखरेलले प्रतिबद्धता जनाएका छन् । ०७४ को निर्वाचनमा दाङ २ (१०) बाट उनी प्रदेशसभामा विजयी भएका थिए ।

पोखरेलको प्रतिस्पर्धामा संघीय सामान्य प्रशासन मन्त्री भैसकेकी रेखा शर्मा छिन् । दाङकी छोरी शर्मा यस क्षेत्रको विकासको योजनासहित मैदानमा आएकी छिन् । ०६४ र ०७४ को निर्वाचनमा समानुपातिक  सांसद बनेकी शर्मा यो निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा उत्रिएकी हुन् । कृष्णबहादुर महराको निर्वाचन क्षेत्र भएकै कारण सो क्षत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ बाट प्रदेशसभाका लागि एमालेबाट बलिभद्र राना र कांग्रेसबाट राजु खनालबीचमा प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभाका लागि  एमालेका गिरिराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपाने बीचमा प्रतिष्पर्धा रहेको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बंगलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।

दाङ–३
क्षेत्र नं. ३ मा  प्रतिनिधिसभा सदस्यका लागि एमालेका केन्द्रीय सदस्य कोमल ओली र सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीबीच प्रतिष्पर्धा हुने अवस्था छ । वली ०७४ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन् ।  गिरी पूर्व सिँचाइ मन्त्री हुन् ।

प्रदेशसभातर्फ ३ (१) मा एमालेबाट घनश्याम पाण्डे, सत्तारुढ गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरीबीचमा प्रतिष्पर्धा हुने स्थिति छ । निर्वाचन क्षेत्र नं ३ (२)मा एमालेका हुकुमबहादुर बस्नेत र सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर मास्कीबीचमा कडा प्रतिष्पर्धा रहेको मतदाताहरू बताउँछन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : ५३ बजे

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो