९ पुस २०८२, बुधबार | December 24, 2025

नेपालगन्ज-कोहलपुर खण्डको राँझामा आकाशे पुलको निर्माण सुरू



नेपालगन्ज । नेपालगन्ज कोहलपुर सडकखण्डको राझामा आकाशे पुलको काम सुरू भएको छ। नेपालगन्जका सडकमाथि बन्ने चारवटा आकाशेपुल (ओभरहेड ब्रिज) मध्य राँझाको पुलको काम शुक्रबारदेखि सुरू भएको हो।

केही समयअघि नेपालगन्जका चार ठाउँ र कोहलपुरमा एउटा आकाशे पुलको शिलान्यास भएको थियो।
एउटा पुलका लागि करिब ८ करोड २१ लाख बराबर लागत रहेका यी पुलहरूको निर्माण एक वर्षभित्र सकिने निर्माण कम्पनीले जनाएको छ।

पुल निर्माणको जिम्मेवारी पाएको डायनामिक कन्ट्रक्सनले यहाँका अरू पुलहरूको निर्माण कार्य पनि चाँडै सुरू हुने जनाएको छ। काम गर्दा कुनै अवरोधहरू नभएमा निर्माण सुरू गरिएको एक वर्षभित्र सबै कामहरू सम्पन्न हुने कम्पनीले जनाएको छ।

राजमार्गमा आकाशे पुल बनेपछि दिनहुँ हुने गरेको सडक दुर्घटना न्युन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ३२ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण