११ बैशाख २०८१, मंगलबार | April 24, 2024

छोरालाई असल मानव बनाउ आमा



मेरो छोरा डाक्टर हो
मेरो छोरा पाइलट हो
अनि
मेरो छोरा इन्जिनियर हो
भन्नु भन्दा पहिला
मेरो छोरा असल मानव हो
भन्न सक्ने बनाउ आमा।
……………………………………..

बिरामीको उपचार भन्दा पहिले
सात गाउँ राखेर ल्याएको श्रीमतीलाई
गाइ गोरुलार्ई जस्तो कुटपिट गर्न
पाईंदैन भन्ने नैतिक शिक्षाको स्टेथेस्कोप
छोरालाई घाँटीमा झुन्डाइदेउ आमा।।

……………………………………..

आकाशमा प्लेन उडाउन भन्दा पहिले
सात फेर जगिया घुमेर ल्याको श्रीमतीलाई
अँधेरो कुनाभित्र थिलथिलायर, उज्यालोमा
पखेटा फिजाउँदै उडेको चरी चियाउने बनाउन
पाईंदैन भन्ने, नैतिक शिक्षाको टोपि
छोरालाई सिरबाट नखस्ने गरि लगाइदेउ आमा।

……………………………………..

घरको नक्सा कोर्नु भन्दा पहिले
सात जुनि सँगै हुने मन्त्र पढेर ल्याएको श्रीमतीलाई
शरीरको बनावट परिवर्तन हुँदैमा, एकै सालमा
सम्बन्धको हिसाब किताब
बिगार्न पाइदैन भन्ने, नैतिक शिक्षाको गणित
छोरालाइ डिसटिङ्सनमा पास हुने गरी पढाइदेउआमा।

……………………………………..

छोरा डाक्टर, पाइलट अनि इन्जिनियर
हो भन्न भन्दा पहिला
एक असल मानव हो भनि नाक फुलाउ आमा।

……………………………………..

कसैका छोरी बढि, भयर तिम्रो छोरालाई
सुम्पिएका हैनन आमा
छोरा डाक्टर हो भन्दैमा
बिरामी नभएका बुहारीलाई
दबै मलम लाउन पर्ने गरी नकुट आमा ।

……………………………………..

छोरा पाइलट हो भन्दैमा
स्वतन्त्रले उडेर आफ्नो संसार खोजेकी बुहारीलाई
छोराको खुट्टामा झुन्डिएर उड्ने नबनाउ आमा।

……………………………………..

छोरा इन्जिनियर हो भन्दैमा
आफै आत्मनिर्भर भएर पिल्लर बनेकी बुहारीलाई
नक्सा नमिलेको घरको पर्खाल नबनाउ आमा।

……………………………………..

पहिले छोरालाई
असल मानव भएर
मानवीय व्यवहार कसरी गरिन्छ भन्ने
नैतिक शिक्षाको पाठ पढाउ आमा
छोरी चेली जोगाउनु छ भने
छोरालाई असल मानव बनाउ आमा
छोरालाई असल मानव बनाउ आमा।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : २६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना