२२ चैत्र २०८२, आइतबार | April 6, 2026

रुपन्देहीमा सुरक्षाकर्मी अभावमा नियमित चेकिङ प्रभावित (फोटो फिचर)



भैरहवा । रुपन्देही प्रहरीले सिद्धार्थ राजमार्गमा गरिरहेको नियमित चेकिङ हटाएको छ ।

भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा पर्ने सो सडक खण्डमा भइरहेको नियमित सुरक्षा जाँच हटाइ, प्रहरी प्वान्टहरू समेत बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत रहेको बेलहिया बाइपास र अञ्चलपुरमा हुने नियमित चेकजाँच हटाइएको छ भने देवकोटा चोकस्थित प्रहरी बिट र बुद्धचोकमा तैनाथ सुरक्षाकर्मीहरू पनि हटाइएको छ ।

प्रहरीले नियमित चेकजाँचलाई निरन्तरता दिँदै थप सुरक्षा योजना गर्नु पर्नेमा भएको नियमित चेकजाँचलाई समेत अहिले हटाइएको छ । बिहानैदेखि भैरहवाको हाटबजार, आँखा अस्पताल, मेउडिहवा मिलनचोकलगायत हाइवेको पश्चिम तर्फमात्रै सुरक्षा चेकजाँच भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले भएका प्रहरी निर्वाचनमा खटिएकोले जनशक्ति अभावमा चेकजाँचमा केही ग्याप भएको बताए । शनिबार मुभमेन्ट पनि कम भएकोले ठाउँठाउँमा मोबाइल टोली, विभिन्न ठाउँमा चेकजाँच, मतदान केन्द्रहरू सुरक्षामा प्रहरी खटिएको छ, समग्रमा जिल्लाको सुरक्षा स्थिति राम्रो छ ।

निर्वाचनलाई लक्षित गर्दै जिल्लामा तीन हजार ९५ र एक हजार सात सय ३६ नेपाल प्रहरी खटिएका छन् । अहिले मतपेटिका बढी हुने भएकोले पहिलाभन्दा धेरै सुरक्षाकर्मी तैनाथ छन् ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : २४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको