३ पुस २०८२, बिहिबार | December 19, 2025

कतार विश्वकप आजबाट



काठमाडौं । पछिल्लो १२ वर्ष विभिन्न प्रश्न, आलोचना र अनुमानका बीच फिफा विश्वकप २०२२ कतारमा आज (आइतबार)बाट सुरु हुँदैछ ।

पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुनेछ । समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति पौने ९ बजे सुरु हुने तालिका छ । विश्वकपका सबै खेलको प्रत्यक्ष प्रशारण नेपालमा समेत हुनेछ । पहिलो दिन एकमात्रै खेल हुनेछ । दुबै टोली पहिलो खेल जित्दै विजयी सुरुआत गर्न चाहन्छन् । यस समूहमा नेदरल्यान्डस् र सेनेगल समेत छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।

मध्यपूर्वी एसियाको सानो देशमा हुने विश्वकपले सन् २०१० बाट नै निकै विवादको सामना गर्नुपरेको थियो । युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, अफ्रिका र आसियान क्षेत्रबाट उत्कृष्ट २३ टोलीले विश्वकपमा सहभागी जनाउनेछन् । जहाँ, इरान बाहेक सम्पूर्ण टोलीले २६ खेलाडी दर्ता गराएका छन् ।

कतारको प्रशिक्षकमा फेलिक्स सान्चेज छन् । ४६ वर्षीय स्पेनिस प्रशिक्षकले कतारलाई ५–४–१ को रणनीतिमा मैदान उतार्नेछन् । इक्वेटरविरुद्ध खेल्नुअघि कतारले पाँच देशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ कतारले सबै खेल जितेको छ । इक्वेडरविरुद्ध कतारको हसन अल हैदुस मुख्य खेलाडी हुनेछन् ।

दक्षिण अमेरिकी टोली इक्वेडरलाई अर्जेन्टिनी प्रशिक्षक गुस्ताफो अल्फारोले ४–३–३ को रणनीतिमा मैदान उतार्नेछन् । उनको प्रशिक्षणमा इक्वेडरले पछिल्लो ६ खेलमा दुईमा जित र चारमा बराबर खेलेको छ । हालसम्म इक्वेडरले विश्वकपमा १० खेल खेलेको छ ।

मैदानमा मदिरा प्रतिबन्ध
मुस्लिम मुलुक कतारले रंगशालामा मदिरा विक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले प्रतियोगिता सुरु हुन दुई दिन अघि मात्रै यस्तो घोषणा गरेको हो । फिफाले कतारी राजपरिवारको दबाबमा मदिरामा प्रतिबन्ध लगाएको जनाएको छ । यसअघि रंगशालामा मदिरा विक्री हुने बताइएको थियो । कट्टर इस्लामिक राष्ट्र भएको नाताले कतारमा मदिरा सेवन तथा यौनजन्य क्रियाकलापमाथि कडा प्रतिबन्ध थियो ।

आठ मैदानमा खेल 
कतारले विश्वकपमा ६४ खेलहरु आठ रंगशालामा आयोजना गर्नेछ । मुख्य आठ रंगशालामा रहँदा सहभागी टोलीले अभ्यासको लागि अन्य मैदानको प्रयोग गर्नेछन् । कतारले विश्वकपको लागि ८० हजार दर्शक क्षमताको लुसेल आइकोलिन रंगशाला बनाएको छ । ६० हजार क्षमताको अल वेत रंगशालमा छ । यसैगरी ४० हजार दर्शक क्षमताको एडुकेसनल सिटी रंगशाला, अहमद विन अली रंगशाला, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल–थुमामा रंगशाला, स्टेडियम ९७४, अल–जनोब रंगशालामा खेल हुनेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ०३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको