२२ मंसिर २०८२, सोमबार | December 8, 2025

विश्वकपको इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र बन्यो कतार



काठमाडौं । कतार फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ । कतार विश्वकपअन्तर्गत समूह ‘ए’ को खेलमा आइतबार इक्वेडरसँग २-० स्तब्ध बन्यो ।

विश्वकपको ९२ वर्षे इतिहासमा हालसम्म कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार बेहोरेको थिएनन् ।

यसअघि सन् २०१० मा दक्षिण अफ्रिकाले मेक्सिकोसँग १-१ को बराबरी खेल्नु नै आयोजकको सबैभन्दा खराब नतिजा थियो ।

कतारको अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन दुवै गोल कप्तान इनर भ्यालेन्सियाले गरे ।

खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर साद अल सिबले भ्यालेन्सियामाथि फाउल गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा कप्तान भ्यालेन्सियाले कुनै गल्ती गरेनन् । उनी विश्वकपको २२ औँ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने ।

यस्तै, ३१ औँ मिनेटमा भ्यालेसियाले नै हेडर गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारे ।

त्यसअघि खेलको तेस्रो मिनेटमा नै इक्वेडरका भ्यालेन्सियाले नै गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई अफसाइड दिएको थियो ।

जितसँगै तीन अंक जोडेको इक्वेडर समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् ।

विश्वकपमा भोली (सोमबार) तीन खेल हुदैछन् । जहाँ पहिलो खेलमा साझ ०६:४५ बजे समूह ‘बी’ का इंग्ल्यान्ड र इरान भिड्नेछन् । यस्तै दोस्रो खेलमा राति ०९:४५ बजे समूह ‘ए’का सेनेगल र नेदरल्यान्ड्स खेल्दा राति १२:४५ बजे समूह ‘बी’ कै अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ०२ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई