२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

फिफा कतार विश्वकप-२०२२ : आज तीन खेल हुँदै



काठमाडौं । कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।

यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २०औ स्थानमा छ ।

हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह बी को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा छ । इरान भने खेल बराबरी गर्ने रणनीतिमा छ ।

सेनेगल र नेदरल्यान्ड भिड्दै

दिनको दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने दश बजे अल थुमामा मैदानमा हुनेछ । सेनेगल फिफा वरियतामा १८औं स्थानमा रहँदा नेदरल्यान्ड्स आठौं स्थानमा छ । सेनेगल आफ्ना प्रभावशाली अट्याकर साडिओ मानेबिना मैदान उत्रने पक्का छ । माने घाइते छन् ।

यता, नेदरल्यान्ड्स भने आफ्नो अपराजित यात्रा १५ खेलबाट बढाउन चाहन्छ । लुइस भान गालको नेतृत्वमा रहेको नेदरल्यान्ड्स मानेको अभावमा फाइदा उठाउँने योजनामा छ । स्ट्राइकर मेम्पिस डिपाएले नेदरल्यानड्सको यात्रामा फिनिसिङ पक्षमा उत्कृष्ट साथ दिनेछन् । समूह ए को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० अन्तरले पराजित गर्दै बलियो सुरुवात गरिसकेको छ ।

अमेरिका र वेल्स प्रतिस्पर्धामा 

दिनको अन्तिम खेलमा अमेरिका र युरोपेली राष्ट्र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे अहमेद विन अलि मैदानमा हुने तालिका छ ।

वेल्स फिफा वरियतामा १९औं स्थानमा रहँदा अमेरिका १६औं स्थानमा छ । समूह बी को खेलमा दुबै टोली विजयी हुँदै सुखद् सुरुवात गर्न चाहन्छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ३२ बजे

रवि लामिछाने विरुद्धको अभियोग पत्र फिर्ताविरुद्धको रिट सपना मल्ल र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च