३ मंसिर २०८२, बुधबार | November 19, 2025

मुस्ताङमा कांग्रेसको क्लिनस्वीप, प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा विजयी



पोखरा । मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधिसभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजीत गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए ।

प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजीत भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए ।

प्रदेश (ख) मा पनि कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भए । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । मुस्ताङमा एमालेका तीनै उम्मेद्वार निवर्तमान सांसद हुन् भने कांग्रेसका तीनै उम्मेद्वारले डेब्यु गरेका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : २१ बजे

मोटोपनले अस्वस्थ महिला

काठमाडौँ । अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ । अध्यक्ष