१६ असार २०८३, मंगलबार | June 30, 2026

कैलाली–१ र ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता



कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

कैलाली क्षेत्र नं १ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कैलाली–३ मा गङ्गाराम चौधरी अगाडि रहेका छन् । अध्यक्ष श्रेष्ठले ६ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले चार सय ११ मत ल्याएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का तपेन्द्रबहादुर रावलले एक सय ८३ मत प्राप्त गरेबा छन् । । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा हालसम्म पाँच हजार एक सय पाँच मतको परिणाम सार्वजिनक भएको छ । मतपरिणामअनुसार नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीले एक हजार ६ सय एक मत पाउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीले एक हजार तीन सय मत प्राप्त गरेका छन् । कैलाली–३ मा राप्रपाका वीरेन्द्रबहादुर बम एक हजार ५० मतसहित तेस्रो स्थानमा रहेका छन् । एमालेका गौरीशङ्कर चौधरीले आठ सय मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नं २ मा ५ बजेदेखि मतगणना केहीबेरमा सुरु भएको थियो । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ गठबन्धनबाट भगत बडुवाल, एमोलबाट झपट रावल र नागरिक उन्मुक्तिबाट अरुण चौधरी प्रतिस्पर्धामा छन् ।

कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा दुवैको मतगणना सुरु भएको छ । कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्र्फ सात सय २६ मतगणना सकिएको छ । यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायरले तीन सय ९४, लेखराज भट्टले दुई सय ६८ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ४९ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा