८ बैशाख २०८१, शनिबार | April 20, 2024

कतार विश्वकप २०२२ : नेदरल्यान्ड्सको विजयी सुरुआत



काठमाडौं । कोडी गाक्पो र डेभी क्लासेनको गोलमा युरोपेली महारथी नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा विजयी सुरुआत गरेको छ ।

दोहाको अल थुमामा रंगशालामा अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको वर्षका उत्कृष्ट डच फुटबलर घोषित गाक्पोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल अग्रता दिलाएका थिए । गाक्पोले फ्रयांन्किङ डी योङको पासमा गोल गरेका थिए ।

इन्जुरी समयको नवौं मिनेटमा बैकल्पिक खेलाडी क्लासेनले दोस्रो गोल गरेका थिए । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपाएको प्रहार सेनेगलका गोलरक्षक इडुवार्ड मेन्डीले फर्काएपछि रिबाउन्डमा क्लासेनले गोल गरेका थिए ।

जितपछि नेदरल्यान्ड्सले तीन अंकका साथ समूहको शीर्ष स्थानमा इक्वेडरसँग बराबरी गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक कतारमाथि दक्षिण अमेरिकी टोली इक्वेडरले २-० को जित हासिल गरेको थियो ।

समूहको दोस्रो खेलमा शुक्रबार नेदरल्यान्ड्सले इक्वेडर तथा सेनेगलले आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ५५ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर