४ पुस २०८२, शुक्रबार | December 20, 2025

यातायातको पहुँच नभएका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग



काठमाडौं । निर्वाचन आयोगले पाँच जिल्लाका सडक यातायात सुविधा पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्रीजिल्ला सदरमुकाम ल्याउन सेनाको हेलिकप्टर प्रयोग गरेको छ ।

हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका गरी ३४ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम सर्केगाड बजार ल्याउन हेलिकोप्टर प्रयोग गरिएको हो ।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका नौ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम नाम्चे ल्याइएको छ ।

बझाङ जिल्लाको साइपाल गाउँपालिकाको तीन वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री एकाङ्कुरी डाँडा ल्याइएको छ । गोरखा जिल्लाको चुमनुम्री गाउँपालिकाका २२ मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम गोरखाबजार ल्याइएको छ ।

मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाको पाँच मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम चामे ल्याउन,  संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको चार मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम खाँदबारी ल्याउन हेलिकोप्टर प्रयोग गरिएको जनाइएको छ ।

डोल्पा जिल्लाको शेफोक्सुण्डो गाउँपालिकाको ८ वटा मतदान केन्द्रहरूको मतपेटिका जिल्ला सदरमुकाम ल्याउन हेलिकोप्टर प्रयोग गरिएको छ ।

आयोगले सेनाको युद्ध कार्य निर्देशनालय, युद्ध कार्य विभाग, जंगी अड्डा, भद्रकालीलाई पत्राचार गरी उपयुक्त हवाइ साधनबाट मतपेटिका ढुवानी गर्न जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको