८ बैशाख २०८३, मंगलबार | April 21, 2026

पाकिस्तानी शीर्ष न्यायाधीसको खुलासा : इमरान खानमाथि हत्याको अर्को प्रयास हुन सक्छ



इस्लामावाद । पूर्वप्रधानमन्त्री इमरान खानको ज्यान जोखिममा रहेको र उनीमाथि अर्को हत्याको प्रयास हुनसक्ने पाकिस्तानका एक शीर्ष न्यायाधीशले बताएका छन् ।

राजनीतिक विरोधका क्रममा राष्ट्रिय राजधानीमा सडक अवरुद्ध भएको विषयमा व्यापारीहरूको संस्थाले दायर गरेको निवेदनको सुनुवाइ गर्दै इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकलेयस्तो टिप्पणी गरे । उनले गुप्तचर रिपोर्टलाई उद्धृतसमेत गरेका थिए ।

यस महिनाको सुरुमा, ७० वर्षीय खानलाई वजिराबाद सहरमा इस्लामाबादमा ‘लङ्ग मार्च’ गर्ने क्रममा एक आक्रमणकारीले खुट्टामा गोली हानेका थिए । आक्रमणमा खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का एक समर्थकको मृत्यु भएको थियो । उक्त हमलामा एक दर्जन भन्दा बढी घाइते भएका थिए । उक्त घटनापछि पार्टीले आफ्नो मार्च स्थगित गर्न बाध्य पारेको थियो ।

पूर्वक्रिकेटर खानले वर्तमान प्रधानमन्त्री शहबाज सरिफ, गृहमन्त्री राणा सनाउल्लाह र सैन्य अधिकारी जनरल फैसल नसीरलाई आक्रमणको योजना बनाएको आरोप लगाएका छन् । एजेन्सी

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति