४ पुस २०८२, शुक्रबार | December 20, 2025

सर्लाही-२ मा राजेन्द्रलाई पछि पार्दै महेन्द्रराय यादवको अग्रता



सर्लाही । सर्लाही–२ मतगणना जारी रहँदा गठबन्धनबाट मित्रवत प्रतिस्पर्धा गरिरहेका महेन्द्रराय यादवले प्रतिनिधिसभातर्फका अग्रता कायम राखेका छन ।

हालसम्मको  गणना भएको मतपरिणाम अनुसार रायले १८२५ मत ल्याएका छन् भने लोसपाका महतोले १३३१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमालेका राजनारायण साहले ८८६ मत ल्याएका छन्।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादवले मतान्तर बढाउँदै उनीसँग प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पछि पारेका हुन् ।

निवर्तमान सांसद रायलाई सत्तारूढ गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार बताएको छ। यसअघि महतोले धनुषा–३ मा नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराउँदै प्रतिनिधिसभामा आएका थिए । उनले यसपटक निर्वाचन क्षेत्र फेरेर गृह नगर सर्लाही आएका हुन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको