६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

सर्लाही-२ बाट माओवादीका महेन्द्र राय यादव विजयी



सर्लाही । सर्लाहीको क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई २ हजार १३ मतान्तरले पराजित गर्दै जित निकालेका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाल समाजवादी पार्टी रायले २३ हजार ५२९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार ५१६ मत पाउका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विजयी भएका राय विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । लोसपाका महतो विसं २०७४ मा धनुषा क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए। यता वाम–लोकतान्त्रिक गठबन्धनका राय सर्लाही क्षेत्र नं २ बाटै २०७४ मा पनि निर्वाचित भएका थिए ।

त्यसैगरी सर्लाही–२ प्रदेशसभा (२)बाट नेपाली कांग्रेसका कौशल किशोर यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार मेभुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले नौ हजार ६२६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका चौधरीले नौ हजार ४४७ मत पाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५१ बजे

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार

परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प

झापा । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ