काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी भएका छन् ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं सो क्षेत्रबाट यसअघि निर्वाचित पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । पौडेलले पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् ।
केहीबेरअघि सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका । एमालेका पोखरेलले भने १० हजार १७२ मत मात्र ल्याउन सके ।



















प्रतिक्रिया