१९ माघ २०७९, बिहिबार | February 2, 2023

विश्वकप-२०२२ : पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ ।

दोहास्थित स्टेडियम-९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् ।

खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अङ्क बाँड्नुपरेको हो ।

लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे ।

मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो ।

यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा एक अङ्क जोडेको छ । समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

मेक्सिको एक अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै साउदी अरेबिया तीन अङ्क जोडेर शीर्षस्थानमा छ भने अर्जेन्टिना अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : २० बजे

नेपाल प्रहरीका ११६ डीएसपीको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११६ जना डीएसपीको सरुवा निकालेको

नेपाल प्रहरीका ५३ प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५३ जना प्रहरी

देवदह माविको ३९ औं वार्षिकोत्सव : छिट्टै नमूना विद्यालय बनाउने प्रतिवद्धता

देवदह । देवदह माविले ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंक लि. र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकहरुलाई

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सन्दीप समावेश

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी छनोट समितिले