४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही ४ (२) मा कांग्रेसका वसिउद्दीन खाँ विजयी



भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का मोहनलाल यादवले ८ हजार २ सय ६५ र जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा पनि खाँ रुपन्देही ४(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृत देवेन्द्र आचार्यले अहिले प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको र उता पनि प्रदेश सभा सदस्यको मत हुन सक्ने भएकोले खाँलाई विजयी घोषणा नगरिएको बताए ।

प्रतिनिधि सभा सदस्यको मतगणना पछि मात्र प्रदेश सभा सदस्यहरुलाई विजयी घोषणा गरिने उनले जानकारी दिए । यो क्षेत्रमा ४० हजार ९ सय ६३ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको