११ चैत्र २०८२, बुधबार | March 25, 2026

लमजुङमा पृथ्वी र देवबीच कडा टक्कर, २६ हजार मत गन्न बाँकी हुँदा दुवै पक्षको ढुकढुकी बढ्दै



लमजुङ । लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा टक्कर देखिएको छ ।
निरन्तर लिड गर्दै आएका पृथ्वीसँगको मतान्तर देव गुरुङले घटाउँदै लगेकाछन् ।

क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।

पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् ।

कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

यद्यपी, राइनास र सुन्दरबजार नगरपालिकाबाट सोचे जति मत नआएको माओवादीले जनाएको छ । अझै पनि करिब २६ हजार मत गन्न बाँकी रहेको छ । बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको मतगणना बाँकी छ । यी दुवै ठाउमा स्थानीय चुनावमा सत्ता गठबन्धन पराजित भएको थियो । तर देव गुरुङका आफन्तहरु यहाँ बढी भएका कारण उनी पक्ष आशावादी देखिएको छ । यस्तै, आफैले पालिका जितेको स्थान भएपनि सोचे जति मत नआउने हो कि भन्दै पृथ्वीपक्ष पनि तनाबमा रहेको छ ।

दुईमध्ये कस्ले चुनाव जित्छ भन्ने दुवैपक्षले अझै पनि सहजै आँकलन गर्न सकेका छैनन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ५७ बजे

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी