२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

पर्वत जिल्ला बन्यो एमाले किल्ला; प्रतिनिधिसभामा गिरी विजयी, प्रदेशसभा पनि एमालेकै



पोखरा । पर्वतका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधि सभा सदस्यमा पदम गिरी दोश्रो पटक निर्वाचित भए ।

गिरीले पूरानै प्रतिश्पर्धी कांग्रेसका अर्जुन प्रसाद जोशीलाई २ हजार २ सय ६३ मत अन्तरले हराए । गिरीको २९ हजार ८ सय ७२ मत आउँदा जोशीले २७ हजार ६ सय ९ मत पाए ।

प्रदेश सभा (क) मा भक्त कुवँर निर्वाचित भए । उनले माओवादीका सुदीप कुवँरलाई हराएर डेब्यू गरेका हुन् । भक्तले १५ हजार ५ सय ३४ मत ल्याए भने सुदीपले १३ हजार ४ सय ६० मत पाए ।

प्रदेश सभा (ख) मा एमालेका मित्रलाल बस्याल विजयी भए । उनले कांग्रेसका बौद्धिक नेता ऋषिकेश तिवारीलाई हराएका हुन् । बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा प्रतिश्पर्धी तिवारीको १२ हजार २ सय १० मत आएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : ०४ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५