२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

रुकुम पश्चिममा माओवादीको क्लिनस्वीप, जनार्दन शर्मा तीनगुणा बढी मतान्तरले विजयी



काठमाडौं । रुकुम पश्चिमबाट बहालवाला अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विजय हासिल गरेका छन् ।

शर्माले प्रतिस्पर्धी उम्मेदवारभन्दा तीन गुणा बढी मत प्राप्त गर्दै विजयी भएका हुन् ।

प्रदेशसभातर्फ पनि दुवै सिटमा क बाट महेन्द्र केसी र ख बाट राजकुमार शर्मा भारी मतका साथ विजयी भएका छन् ।

२०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका शर्मा २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै , २०७० को दोस्रो संविधानसभा र २०७४ को संसदीय निर्वाचनमा पनि शर्मा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए ।

निरन्तर लाभको पदमा रहँदै आएका शर्मा २०६५ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए भने २०७३ सालमा ऊर्जामन्त्री, २०७४ मा गृहमन्त्री र २०७८ मा अर्थमन्त्री रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : ५१ बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले