२३ भदौ २०८३, मंगलबार | September 9, 2026

रुकुम पश्चिममा माओवादीको क्लिनस्वीप, जनार्दन शर्मा तीनगुणा बढी मतान्तरले विजयी



काठमाडौं । रुकुम पश्चिमबाट बहालवाला अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विजय हासिल गरेका छन् ।

शर्माले प्रतिस्पर्धी उम्मेदवारभन्दा तीन गुणा बढी मत प्राप्त गर्दै विजयी भएका हुन् ।

प्रदेशसभातर्फ पनि दुवै सिटमा क बाट महेन्द्र केसी र ख बाट राजकुमार शर्मा भारी मतका साथ विजयी भएका छन् ।

२०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका शर्मा २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै , २०७० को दोस्रो संविधानसभा र २०७४ को संसदीय निर्वाचनमा पनि शर्मा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए ।

निरन्तर लाभको पदमा रहँदै आएका शर्मा २०६५ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए भने २०७३ सालमा ऊर्जामन्त्री, २०७४ मा गृहमन्त्री र २०७८ मा अर्थमन्त्री रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : ५१ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी