१८ माघ २०८२, आइतबार | February 1, 2026

सिद्धान्त र आदर्शमा अघि बढ्न चाहे वाम एकता सम्भव छ : माधव नेपाल



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव नरहेको बताएका छन् ।

बुधबार रौतहटमा आयोजित विजय र्‍यालीमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने,  ‘सिद्धान्त र आदर्शको निम्ति अगाडि बढ्न चाहेका हुन् भने वाम एकता सम्भव छ ।  तर वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता हुन सक्दैन ।’

नेपाल रौतहट १ बाट विजयी भएका छन् । उनी ३३ हजार पाँच सय २२ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेका नेपालले यसपटक निर्वाचनमा आफूहरूले सोचे जस्तो परिणाम नआएको बताए । यद्यपि निर्वाचनका क्रममा भएका कमीकमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्नेसमेत अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ४ : ०८ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि