३० असार २०८३, मंगलबार | July 14, 2026

राजनीतिभित्रको दलालीकरण र भ्रष्टीकरण अन्त्य गर्नु पहिलो कर्तव्य होः सहसंयोजक नेपाल



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक क्षेत्रमा देखिएको अपराधीकण, व्यापारीकरण, दलालीकरण, ठेकेदारीकण र भ्रष्टीकरणको समस्या सुधार्नु राजनीतिको पहिलो कर्तव्य भएको बताएका छन् ।

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको सङ्गठनात्मक एकीकरणसभालाई आज सम्बोधन गदै उनले देशमा सुधार ल्याउने हुटहुटी पूरा गर्न आवश्यक सङ्कल्प लिएर अघि बढ्नुपर्ने बताए ।

सहसंयोजक नेपालले राजनीतिप्रति देखिएको जनताको वितृष्णाका बारेमा समीक्षा गर्नुपर्नेमा जोड दिँदै पार्टी र नेता तथा कार्यकर्ताभित्र झाङ्गिएको विकृति र विसङ्गति सुधार गरेर जानुपर्ने बताए । “विगत विर्सियौँ भने पूरानै अवस्था दोहोरिन बेर लाग्दैन”, उनले भने ।

नयाँ क्रान्तिकारी सङ्कल्प बोकेको पार्टी निर्माण गर्ने अभियान सुरु भएको जानकारी दिँदै उनले आफूभित्रको कमजोरी सुधार्ने प्रतिबद्धता अहिलेको आवश्यकता भएको बताए ।

“नेकपालाई क्रान्तिकारी चरित्र, देश र जनताप्रति इमान्दार र समर्पित भएका योद्धाको पार्टी बनाउनुपर्छ”, सहसंयोजक नेपालले भने, “परिवर्तन यत्तिकै हुनेवाला छैन, यो आफैँबाट सुरु गर्नुपर्छ । अनेक खालका भड्काउबाट मुक्त हुनुपर्छ । जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।” पार्टीभित्रको अनुशासन अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै उनले आफूलाई लागेका कुरा कमिटीमा राख्नुपर्ने बताए ।

जेनजी पुस्ताले व्यवस्था परिर्वतन नभई अवस्था परिवर्तनको माग उठाएको जनाउँदै उनले यस पार्टीले मात्रै जेनजीको आशा र भरोसा पूरा गर्ने दाबी गरे । “जनताको अवस्थामा परिवर्तन गर्नुपर्नेछ । जनताको पीडा वेदना र युवाको आवश्यकता सम्बोध गर्ने नीति लिनुपर्छ, नेपाली विशेषतको वैज्ञानिक समाजवादको कार्यक्रम अघि सार्नुपर्छ”, सहसंयोजक नेपालले भने ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : ४९ बजे

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक