१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता



रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न रौतहट निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराएका छन् ।

नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी केन्द्रीय सदस्य रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहेको उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले राससलाई जानकारी दिए । यसअघिको निर्वाचनमा पनि पूर्वप्रधानमन्त्री नेपाल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहसंयोजक नेपालले “नेपाली जनताले भोग्दै आइरहेको गरिबी, बेरोजगारीलगायतका समस्या अन्त्य गर्ने र त्यसका लागि आवश्यक सबै प्रबन्ध गर्ने, युवालाई रोजगारी र सीप उपलब्ध गराउने, देशको अर्थतन्त्रलाई चलायमान बनाउने सोचका साथ उम्मेदवारी दिएको हुँ ।”

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : १९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज