७ आश्विन २०८३, बुधबार | September 23, 2026

देव गुरुङले पृथ्वीसुब्बालाई बधाई दिँदै भने- वाम एकताको पहल गरौँ



लमजुङ । गएको स्थानीय निर्वाचनअघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूको प्रयासलाई इन्कार गर्‍यो ।

२०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस-माओवादी तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’को सुरुवात भएको थियो । पछि केन्द्रीयस्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयो ।

०७४ मा देव गुरुङ एमालेको सहयोगमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यसपटक पनि निर्वाचनअघि पृथ्वीसुब्बा र देवबीच गठबन्धन गर्ने विषयमा छलफल भएको थियो । ‘चुनावअघि पनि गठबन्धनका विषयमा उहाँ र मेरो कुराकानी त भयो । तर सार्थकता पाएन’, एमाले उपमहासचिव गुरूङले भने ।

२०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै पाँच वर्षका लागि संसदको यात्रा तय गरे। देवले पृथ्वीसुब्बालाई बधाई दिँदै वाम एकताको प्रयास गर्न प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : २२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११